विदेश जानेले बैंकबाट पैसा पठाउनुपर्ने, खाता अनिवार्य

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई बैंक खाता अनिवार्य रूपमा खोल्नु पर्ने व्यवस्था लागू गर्न लागेको छ ।

यो व्यवस्था लागू भएमा विदेशमा रहने कामदारले घरमा बैंकमार्फत पैसा पठाउनुपर्नेछ । हुण्डीबाट पैसा पठाउन पाउने छैनन् । कर उठाउन र हुण्डी कारोबारमा कडाइ गर्न कम्युनिस्ट सरकारले यो व्यवस्था गर्न लागेको हो ।

वैदेशिक रोजगार विभागले सोमबारदेखि परीक्षणको रुपमा विदेश जाने नेपाली कामदारलाई बैंक खाता शुरु गरेको छ ।

वैदेशिक रोजगारमा रहेको नपालीहरूले कमाएर रेमिट्यान्स हुण्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपमा बैंक खाता अनिवार्य गर्ने तयारी गरेको विभागले जनाएको छ ।

विभागले चाडै नै यसलाई अनिवार्य गर्न लागेको छ । खाता अनिवार्य गरिएपछि नेपाली कामदारलले बैंकमार्फत कमाएको पैसा पठाउनुपर्छ ।

नेपाली कामदारले कमाएको पैसा बैंक खातामार्फत् नल्याएको खुलेमा उसलाई अर्को पटक श्रम स्वीकृति नदिइने विभागले चेतावनी दिएको छ ।

श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्नेछ ।

विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा समेत बैंक खातासहितको विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ ।

विभागले बैंक खाता नबुझाउने कामदारले श्रम स्वीकृति नपाउने जनाएको छ ।

Published : Monday, 2019 September 2, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया