कला क्षेत्रबाट पलायन भइन नम्रता, बुटिक चलाउने

काठमाडौं । अध्ययनका लागि काठमाडौं प्रवेश गरेकी नम्रता योगी लहलहैमा कला क्षेत्रमा प्रवेश गरिन् । केही ठूला फिल्म र केही म्युजिक भिडियो खेलिन् ।

फिल्ममा भन्दा उनलाई म्युजिक भिडियोमा धेरै अफर आयो । भने जस्तो फिल्ममा उनलाई प्रस्ताव आएन । तर, दिक्क भइनन् । म्युजिक भिडियोमा खेल्न व्यस्त भइन् ।

म्युजिक भिडियोमा खेल्दा खेल्दै उनलाई ब्राण्डेड ठूला कम्पनीका विज्ञापनमा खेल्न अफर आयो । त्यसपछि नम्रता विज्ञापनमा रमाउन थालिन् ।

विज्ञापनमा खेल्दा राम्रो पैसा पनि पाइने । थोरै समयमा छायाँकन हुने । रमाइलो हुने । नाम्रता कला क्षेत्रमा आफ्नो रहर पूरा गर्न प्रवेश गरेकी थिइन् ।

राम्रो शरीर, पातलो जिउ, सेक्सी आँखा, मोडललाई आवश्यक पर्ने हाइट सबै उनीसँग थियो । अभिनय पनि उनलाई खासै समस्या थिएन । तर, उनले एकाएक कला क्षेत्र छाडेकी छिन् ।

नम्रताले कला क्षेत्र छाडेको दुई वर्ष भइसकेको छ । अहिले पनि उनलाई म्युजिक भिडियो र विज्ञापनहरूका लागि अफर आउँछ । तर, उनले खेल्न रुचि देखाएकी छैनिन् ।

‘एउटा समय थियो । कला क्षेत्रमा मेरो रहर मात्रै हो । मेरो इच्छा पूरा गरे’, उनले भनिन्, ‘अब यो कला क्षेत्रमा प्रवेश गर्दिन ।’ घरपरिवारकै कारण आफू कला क्षेत्रमा प्रवेश गरेको उनले बताइन् ।

कला क्षेत्रमा धेरै समस्या र झन्झटहरू भएपनि रमाउन सक्नेहरू त्यहीभित्र रमाएको उनले बताइन् । ‘मलाई कला क्षेत्रमा धेरै लामो समयसम्म जाने रुचि थिएन’, उनले भनिन्, ‘मेरो रुचि भनेको बुटिक हो । अब मैले बुटिकको व्यापार गर्छु ।’ उनले बुटिकसम्बन्धी तालिम पनि लिएकी छिन् । भन्छिन्, ‘मलाई बुटिकसम्बन्धी राम्रो जानकारी छ । मलाई बुटिकतिर भेट्नु हुन्छ ।’

नम्रताले अब बिज्नेशलाई प्रोफेश्नल रुपमा अगाडि बढाउने बताइन् । ‘भविष्य पनि हेर्नुपर्छ । कला क्षेत्रमा कमाइ गर्न सकिएन । ग्ल्यामर्स र चर्चा पाइयो । त्यसले मात्रै नहुँदो रहेछ’, उनले भनिन्, ‘बिज्नेशमा केही गर्नुपर्छ ।’ उनले काठमाडौं उपत्यकाभित्रै आफ्नै बुटिक खेल्ने अन्तिम तयारी गरिरहेकी छिन् ।

नम्रताले ग्लोबल आईएमई बैंक, जगदम्बा सिमेन्ट, धारा तोरीको तेल, भीभा लगायतका राम्रा र नाम चलेका कम्पनीको ब्राण्डमा मोडलिङ गरेकी छिन् ।

ती विज्ञापनमा अभिनय गरेको स्मरण गर्दै भनिन्, ‘त्यो रमाइलो क्षण अहिले सम्झिदा आनन्द आउँछ । अब ती उर्जाशील दिन फर्किने छैनन् ।’ उनले आफूले गरेका सबै कामहरू प्रशंसनीय रहेको बताइन् ।

आफ्नै बिज्नेश गर्ने योजना बनाउनु भएको रहेछ, विवाह गर्ने कुनै तयारी छैन ? भनेर सोधिएको जवाफमा नम्रताले भनिन्, ‘अहिलेसम्म त विवाह गरेको छैन । विवाह त गर्नै पर्लानी !’ नम्रताले विवाह पनि छिटै गर्ने तयारीमा रहेको सुनाइन् । कोसँग विवाह हुनेछ त्यसबारेमा उनले खुलाइनन् ।

नम्रताले भविष्यमा महिलासम्बन्धी ईभेन्टहरू गर्ने योजना बनाएकी छिन् । कला क्षेत्रमा लागेर सिकेका केही कुरार्लाइ ईभेन्टहरू गरेर शेयर गर्ने सोँच बनाइको उनले बताइन् ।

‘महिलासम्बन्धी ईभेन्ट गरेर केही गर्ने तयारी छ । हेरौँ के हुन्छ ?’, उनले भनिन् । उनले लण्डनमा पनि ईभेन्ट गर्ने तयारी गरेको सुनाइन् ।

सबै प्रकारको खाना मन पर्ने बताएकी नम्रताले आफ्नो स्वास्थ्यका लागि चिल्लो पिरो, मसालादार खानामा धेरै रुचि नरहेको बताइन् । उनले शरीरका लागि पानी धेरै पिउनुपर्ने बताइन् । घरमा आफै खाना पकाउन्छिन् । उनले सबै खालका खाना पकाउने गरेको बताइन् ।

गीत संगीत उनलाई मन पर्छ । नेपाली र हिन्दी गीत उनले सुन्ने गरेको बताइन् । ‘यस्तै गीत भन्ने छैन । सबै प्रकारका गीत सुन्ने गरेको छु’, उनले भनिन् । नेपाली नायिकामा नम्रता श्रेष्ठ उनलाई मन पर्छ ।

Published : Monday, 2019 September 2, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया