नेपालको अर्बौं रकम चोर्न छिरेका चिनियाँ चोरहरू, योजना भताभुङ्ग

काठमाडौं । नेपालबाट करोडौँ रुपियाँ लुट्ने योजना बनाएर काठमाडौं छिरेका पाँच जना चिनियाँ नागरिकलाई काठमाडौं प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

१५ वटा बैंकले सञ्चालन गर्दै आएको ‘नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेडलाई चीनबाट ह्याक गरेर काठमाडौं छिरेका पाँच जना चिनियाँ नागरिक हात्तिसारमा रहेको जयनेपाल फिल्म हल नजिकै रहेको माया मनोर बुटिक होटेलमा बसेका थिए ।

उनीहरूले आउनेवित्तिकै विभिन्न एटिएमहरूबाट एक करोड २६ लाख रुपियाँ ह्याक गरेर निकालेको प्रहरीले जनाएको छ । उनीहरूकाे साथबाट प्रहरीले दश हजार अमेरिकी डलर पनि बरामद गरेकाे छ ।

शनिबार एटिएमबाट अश्वभाविक रुपमा पैसा निस्किएपछि बैंकहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले टोली नै खटाएर चिनियाँ ह्याकरहरूलाई पक्राउ गरेका थिए ।

बैंकहरूले एटिएमबाट करीव पाँच करोड रुपियाँ चोरी भएको दाबी गरेका छन् । सो विषयमा प्रहरीले छानविन र अनुसन्धान शुरु गरिसकेको छ ।

समयमा सूचना पाउनेवित्तिकै नेपाल प्रहरीले चिनियाँ ह्याकरहरूलाई पक्राउ गरेर ठूलो रकम चोरी हुनबाट बचाएको छ ।

शुक्रबार काठमाडौं छिरेका यी पाँच जनाको चिनियाँ नागरिकहरूले चीनमै बैंक सिस्टम ह्याक गरेर योजना बनाइ पैसा निकालेर आइतबार वा सोमबारभित्र नेपाल छाड्ने योजना बनाएका थिए ।

प्रहरीले दरबारमार्गको एटिएमबाट पैसा निकालेर झोलामा राखेर निस्किएका चिनियाँ नागरिकलाई पिछा गर्दै गएर होटेलबाट थप चार जनासहित पाँच जनालाई शनिबार राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालमा आफ्ना हर्कत र गतिविधिलाई तिब्र बनाउँदै आएका चिनियाँ नागरिकहरूको यो कार्यले नेपालमा उनीहरूको सोँच ठीक छैन भन्ने देखाएको छ ।

केही दिन अगाडि पनि नेपाल प्रहरीले नेपाली महिलाहरूलाई विवाह गरेर चीनमा लगेर यौन शोषणमा लगाउने गरेको खुलासा भएको थियो ।

Published : Sunday, 2019 September 1, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया