प्रहरीको सामानमा घोटाला गर्ने ठेकेदार पक्राउ

काठमाडौं । नेपाल प्रहरीभित्रको चर्चित सुडान घोटालाका दोषी शम्भु भारती पक्राउ परेका छन् ।

भारती सुडानमा खटिने राष्ट्रसंघीय मिसनका लागि आवश्यक सामाग्रीहरू खरिदमा भएको घोटाला प्रकरणका दोषी ठहरिएका थिए । सोही अभियोगमा भारतीलाई पक्राउ गरिएको हो ।

ठेकेदार भारतीले सुडान मिसनका लागि आवश्यक सामाग्री आपूर्ति गरेका थिए ।

सर्वोच्च अदालतले दोषी ठहर गरेपनि भारती फरार रहेका थिए ।

०६२–६२ सालको जनआन्दोलन लगत्तै ०६४ सालमा सुडान घोटाला प्रकरण चर्चामा आएको थियो ।

सुडान मिसनका लागि सामान किन्दा २८ करोड ४० लाख भ्रष्टाचार भएको थियो ।

भारतीलाई उक्त प्रकरणमा अदालतले एक वर्ष कैद र १४ करोड २० लाख जरीवाना तोकेको थियो ।

सर्वोच्च अदालतले ठेकेदार कम्पनी एस्युर्ड रिस्क कम्पनीका एजेन्टका रुपमा रहेका भारतीलाई दोषी मानेको छ ।

सर्वोच्च अदालतले सुडान घोटालाको मुद्दामा तत्कालीन महानिरीक्षकहरू ओम विक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरेको थियो ।

सर्वोच्च अदालतका तत्कालिन प्रधान न्यायाधीश सुशीला कार्की र विश्वम्भरप्रसाद श्रेष्ठले सुडान घोटालाका कारण समग्र राष्ट्रले असर भोग्नु परेको फैसला मार्फत् टिप्पणी गरेको थियो ।

Published : Friday, 2019 August 30, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया