काठमाडौंबाट सिलीगुडी सिधा बस सेवा शुरु

काठमाडौं । काठमाडौंबाट भारतको पश्चिम बंगालको सिलीगुडीसम्म बस सेवा शुरु भएको छ ।

बस सेवाको शुरुवात नेपालस्थित भारतीय राजदूत मनजीवसिंह पुरी र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले हरियो झण्डा देखाएर संयुक्त रुपमा सञ्चालन गरेका हुन् ।

एयरकण्डिसन बसमा ४४ सिट रहेका छन् । काठमाडौंदेखि सिलीगडीसम्म ६ सय ५० किलोमिटरको दुरी रहेको छ ।

दुरी पार गर्न १८ घण्टा लाग्नेछ । बस काँकरभिट्टा हुँदै जानेछ । एक जनाको भाडा नेपाली दुई हजार रुपियाँ तोकिएको छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला नेपाल–भारतबीच यातायात सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

त्यसमा जनस्तरमा स्वतन्त्र आवागमन विस्तार गर्ने भन्ने विषय उल्लेख थियो ।

नेपाल–भारतको संयुक्त बस सेवाको १३ रुट स्वीकृत छ । यसमा यो ११औँ रुट हो ।

Published : Thursday, 2019 August 29, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया