प्रतिबन्धित भारतीय नोटसहित भारतीय पक्राउ

वीरगञ्ज । वीरगंज महानगरपालिका १६ ईनरुवास्थित शंकाराचार्य गेटबाट प्रतिबन्धित भारतीय रुपियाँसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रतिबन्धित २ लाख ५० हजारसहित भारतीय रुपियाँसहित भारत बिहार वैशाली थाना लालगंज पोष्ट खन्जाहचक बस्ने ३६ वर्षीय मिथलेश कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले कुमारलाई प्रतिबन्धित भारतीय रुपियाँ २ हजार दरका ४६ थान र ५ सय दरका ३ सय १६ थानसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

पक्राउ कुमारलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारा पठाइएको छ ।

वीरगंज महानगरपालिका १६ ईदगाहा चोकबाट २ हजार दरको नक्कली भारतीय रुपियाँ ९५ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका २ बस्ने ४८ वर्षीय जमिल अकतर र बहुदरमाई नगरपालिका २ बस्ने ३४ वर्षीय दिलिपकुमार साह रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त रुपियाँ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

Published : Tuesday, 2019 August 27, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया