अर्ध नग्न अवस्था युवा र युवतीको शव, पति विदेशतिर

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कको एउटा गेष्ट हाउसमा युवक र युवती मृत फेला परेका छन् ।

मंगलबार मोरङ पर्वत धौलागिरी पोखरा गेस्ट हाउसको कोठा नम्बर १ सय ११ एकमा युवक र युवती मृत फेला परेका हुन् ।

मंगलबार राति ११ बजे गेस्ट हाउस आएका उनीहरू बिहान अबेरसम्म ढोका नखोलेपछि गेस्ट हाउसका सञ्चालकले प्रहरी बोलाएको थिए ।

गेष्ट हाउसको ढोका फोडेर भित्र हेर्दा युवक भुइँमा र युवती खाटमा मृत अवस्थामा फेला परेका थिए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार दुवै मृतक कट्टु मात्रै लगाएको अवस्थामा भेटिएका थिए ।

मृतकमध्ये ३७ वर्षीय यमबहादुर मगरको घर चितवनको चैनपुर रहेको छ ।

युवतीको नाम सुनिता भनिने ३० वर्षीय सविना बजगाइँ रहेको खुलेको छ ।

युवतीको माइती काभ्रेको पनौती रहेको छ । उनको घर मकवानपुर जिल्लाको सालढुंगा भएको खुलेको छ ।

सुनिताका श्रीमान् वैदेशिक रोजगारीका क्रममा विदेशमा छन् । यमबहादुरले चितवन जिल्ला अदालतमा अंश मुद्दा र सम्बन्ध विच्छेदको मुद्दा लडिरहेका थिए । उनले तारिख खेपिरहेको खुलेको छ ।

प्रहरी वृत्तका डीएसपी फणिन्द्र प्रसाइँले मृत्युको एकिन कारण खुलेको छैन । उनहरूले आफू ज्यान दिएका हुन् वा अरुले ज्यान लिएको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट रक्सीको बोतल फेला पारेको छ । डीएसपी प्रसाइँले फरेन्सिक विज्ञ नै ल्याएर परीक्षण गरिएको बताएका छन् ।

Published : Thursday, 2019 August 22, 6:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया