‘नलाउ नजर बैमानी…’मा शिशिरले देखाए कमाल

काठमाडौं । गायिका श्रृङ्खला जोशी र गायिक योगेश काजी ‘नलाउ नजर बैमानी…’को स्वरमा रहेको गीतलाई शिशिर श्रेष्ठले गतिलो म्युजिक भिडियो बनाएपछि चर्चा शुरु भएको छ ।

मोडल समेत रहेका म्युजिक भिडियोका निर्देशक श्रेष्ठले ‘नलाउ नजर बैमानी…’लाई न्याय गरेका छन् । सयौँ म्युजिक भिडियो निर्देशन गर्नुका साथै मोडलिङ गरेका श्रेष्ठको पछियो कामको प्रशंसा भएको छ । गीत पनि उत्कृष्ट रहेको छ ।

‘नलाउ नजर बैमानी…’मा रहेका शब्द र संगीतको संयोजक अति नै राम्रो बनेको निर्देशक श्रेष्ठले बताए । ‘गीत साँच्चिकै राम्रो छ । यो गीतको भावअनुसार मैले पनि म्युजिक भिडियो बनाएको छु’, उनले भने, ‘अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको छु । खुसी छु ।’

गीतमा सागर अधिकारीले संगीत दिएका छन् । म्युजिक भिडियोको कोरियोग्राफर गम्भीर बिस्टले गरेका हुन् ।

म्युजिक कम्पनी जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको ‘नलाउ नजर बैमानी…’लाई युट्युबबाट रिलिज गरिएको छ ।

म्युजिक भिडियोमा शिशिर श्रेष्ठ र रियासा दाहालको अभिनय हेर्न सकिन्छ । ज्ञानेन्द्र शर्मा हुमागाइँले छायांकन गरेको यो भिडियोको सम्पादन अमृत चापागाइँले गरेका छन् ।

Published : Tuesday, 2019 August 20, 7:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया