‘नलाउ नजर बैमानी…’मा शिशिरले देखाए कमाल
काठमाडौं । गायिका श्रृङ्खला जोशी र गायिक योगेश काजी ‘नलाउ नजर बैमानी…’को स्वरमा रहेको गीतलाई शिशिर श्रेष्ठले गतिलो म्युजिक भिडियो बनाएपछि चर्चा शुरु भएको छ ।
मोडल समेत रहेका म्युजिक भिडियोका निर्देशक श्रेष्ठले ‘नलाउ नजर बैमानी…’लाई न्याय गरेका छन् । सयौँ म्युजिक भिडियो निर्देशन गर्नुका साथै मोडलिङ गरेका श्रेष्ठको पछियो कामको प्रशंसा भएको छ । गीत पनि उत्कृष्ट रहेको छ ।
‘नलाउ नजर बैमानी…’मा रहेका शब्द र संगीतको संयोजक अति नै राम्रो बनेको निर्देशक श्रेष्ठले बताए । ‘गीत साँच्चिकै राम्रो छ । यो गीतको भावअनुसार मैले पनि म्युजिक भिडियो बनाएको छु’, उनले भने, ‘अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको छु । खुसी छु ।’
गीतमा सागर अधिकारीले संगीत दिएका छन् । म्युजिक भिडियोको कोरियोग्राफर गम्भीर बिस्टले गरेका हुन् ।
म्युजिक कम्पनी जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको ‘नलाउ नजर बैमानी…’लाई युट्युबबाट रिलिज गरिएको छ ।
म्युजिक भिडियोमा शिशिर श्रेष्ठ र रियासा दाहालको अभिनय हेर्न सकिन्छ । ज्ञानेन्द्र शर्मा हुमागाइँले छायांकन गरेको यो भिडियोको सम्पादन अमृत चापागाइँले गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया