काठमाडौंमा जुवा खेल्ने एघार जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न दुई स्थानमा प्रहरीले छापा हानेर एघार जना जुवाडेलाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित मीना लामाको खाजा घरमा जुवातास खेलिरहेका लामा समेत ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले नगद १९ हजार १ सय ५० रुपियाँ र १ बुक तास बरामद गरेको छ । उनीहरूलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका ६ बौद्ध रामहिटीस्थित सोलुखुम्बु घर भएका ३६ वर्षीय निमा शेर्पाको हिमालयन शेर्पा किचनमा जुवातास खेलिरहेका शेर्पा समेत ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको साथमा रहेको १ बुक तास र नगद २ हजार ७ सय ९० रुपियाँसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

Published : Thursday, 2019 August 15, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया