ललितपुरमा चिकित्सकले युवतीसँग देखाए हर्कत

ललितपुर । ललितपुर जिल्लामा आँखा जचाउन क्लिनिक गएकी एउटी युवतीमाथि चिकित्सकले नै यौन दुर्व्यवहार भएको छ ।

युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा चिकित्सकलाई ललितपुर प्रहरीले पक्राउ परेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले युवतीको उजुरीपछि ती चिकित्सकलाई ललितपुरबाट पक्राउ गरेको जनाएको छ । युवती र चिकित्सकको नाम गोप्य राखिएको छ ।

साउन २२ गते पक्राउ परेका चिकित्सकमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताएका छन् ।

आँखा रोगका चिकित्सकको क्लिनिकमा जाँचउन गएकी युवतीले परिसरमा जाहेरी दिएको चिमरियाले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका चिकित्सकमाथि अनुसन्धान भइरहेको छ । उनले आरोप अस्वीकार गरेका छन् ।

प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण र उनको बयान तथा सबुत संकलन गर्ने काम भइरहेको बताएको छ ।

‘अनुसन्धान भइरहेकाले यसबारे अहिले थप भन्न मिलेन’, चिमरियाले भनेका छन् ।

Published : Monday, 2019 August 12, 3:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया