गायिका विन्दु परियारले बनाइन् युट्युब च्यानल, रिलिज गरिन् आफ्नै गीत

काठमाडौं । गायिका विन्दु परियारले ‘म के गुरु…?’ बोलको गीतलाई आफ्नै युट्युबबाट रिलिज गरेकी छिन् । उनकाे याे गीतले राम्राे भ्यु पाइरहेकाे छ ।

गायिका परियारले युट्युबमा ‘विन्दु परियार’को आइडीबाट युट्युब च्यानल खोलेकी छिन् । उनले भरखरै युट्युब च्यान बनाएकी हुन् ।

उनले आफैले बनाएका गीतहरूलाई आफ्नै युट्युबमा राखेर रिलिज गर्ने बताइन् । याे गीत २ दिनमा ४१ हजार क्रस गरिसकेकाे छ ।

‘गीत त धेरै गाएको छु । राम्रा पनि छन्’, गायिका परियारले भनिन्, ‘आफ्नै युट्युबबाट आफैले बनाएका गीत रिलिज गर्दा राम्रो होला भनेर आफ्नै नाममा युट्युब च्यानल बनाएको छु ।’

गायिका परियारले युट्युब च्यानललाई सस्क्राइब गरिदिनका लागि पनि आग्रह गरेकी छिन् ।

गीतमा विन्दुलाई केटाको स्वरमा आशिष अविरलले साथ दिएका छन् । गीतका संगीतकार आशिष अविरल हुन् । गीतका शब्द एक नारायण भण्डारीले लेखेका छन् ।

म्युजिक भिडियोमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन् । म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

‘पर्ख पर्ख मायालु’ जस्ता राम्रा गीतमा स्वर दिइसकेकी गायिका परियारले आगामी दिनमा अझै राम्रा गीतमा स्वर दिने बताउँछिन् । भन्छिन्, ‘अझै राम्रो गर्नुछ । यही क्षेत्रमा लागेपछि एकपछि अर्को गरेर राम्रो क्षमता र काम देखाउनुपर्छ ।’

Published : Sunday, 2019 August 11, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया