काठमाडौंमा टोले गुण्डाको झण्डै ज्यान गयो, प्रहरीलाई सफलता

काठमाडौं । काठमाडौंको स्वयम्भुमा प्रहरीले गोली हानेर दुई जनालाई पक्राउ गरेको छ ।

रामेछाप जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई दुई करोड माग गरेको अभियोगमा प्रहरीले लोप्सन भन्ने मिलन लामालाई गोली हानेर नियन्त्रणमा लिएकोे हो ।

लोप्सानले गाउँपालिकाका अध्यक्षलाई फोन गरेर दुई करोड माग्दै धम्की दिएका थिए ।

काठमाडौंको स्वयम्भुमा लोप्सानलाई नियन्त्रणमा लिने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गोली हानेको हो ।

स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङलाई पक्राउ गरेको थियो । लोप्साङ सँगै अमृत तामाङ पनि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लोप्साङलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको छ ।

लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको एसएसपी थापाले बताए ।

नेपाल प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार, मिलन लामाको दुवै घुँडामा गोली लागेको छ । उनीसँगै रहेका अमित लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिलनले रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई दुई करोड मागेका थिए । दुई करोड नदिए छोरी अपहरण गरी मारिदिने धम्की दिँदै आएका थिए ।

गाउँपालिका अध्यक्षलाई धम्की दिँदै आएका लामालाई पक्राउ गर्न प्रहरी परिचालित भएको र प्रहरीमाथि नै उल्टै जाइलागेपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

लामा यसअघि पनि लुटपाट घटनामा पक्राउ परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Published : Friday, 2019 August 9, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया