नायिका दीपिकाले होटेलबाट स्याम्पुका बोतल चोरेपछि…

मुम्बई । सबै मानिसमा अनौठा बानी हुने गर्छन् । त्यस्तै अनौठो बानी बलिउड अभिनेत्री दीपिका पादुकोणको पनि छ, जसलाई सुन्दा पत्यार नलाग्नसक्छ ।

दीपिकालाई होटलका कोठाबाट स्याम्पुका बोतल चोर्ने बानी छ । यसको खुलासा उनकै मिल्ने साथीले गरेकी हुन् । दीपिकाकी निकट मित्र स्नेहा रामचन्दरले मित्रता दिवसको दिन आफ्नो वेबसाइटमा एक नोट लेख्दै यस्तो खुलासा गरेकी हुन् ।

‘के तपाईं यस्तो व्यक्तिलाई चिन्नुहुन्छ जसले घुम्न गएका बेला आफू बसेको होटलबाट स्याम्पुको सानो सानो बोटल चोर्छ । मेरो मतलब जम्मा गर्छ ।

किनकी उसलाई थाहा हुन्छ, उसलाई त्यो मनपर्छ। मलाई थाहा छ, ऊ को हो । मेरी प्यारी साथी, डिपी(दीपिका पादुकोण) । हामी जस्ता साथीका लागि यो खुशीको दिन हो । मैले पछिल्लो ३० वर्षदेखि देख्दै आएको छु। म तिमीलाई माया गर्छु केटी’, पोस्टमा स्नेहाले लेखेकी छन् ।

स्नेहाले यसका अलावा दीपिकाका बारेमा अन्य रोचक कुरा पनि गरेकी छन् । उनले आफ्नो जीवनमा दीपिका कसरी एउटा सुखद अंगालो र चक्लेटको तातो कपजस्तो छिन्, उल्लेख गरेकी छन् ।

उनले दीपिकालाई घण्टौं गफ गरेर बसिरहनसक्ने साथी र शान्त बस्दा पनि खुशी दिने साथीका रूपमा व्याख्या गरेकी छन् ।

Published : Thursday, 2019 August 8, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया