चर्चित नायिका दीयाको घर बिग्रियो

मुम्बई । बलिउड नायिका दीया मिर्जाले डिभोर्स गरेकी छिन् । उनले आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई टुंग्याएकी छिन् ।

नायिका दीया र उनका पति साहिल संघाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि ११ वर्षे वैवाहिक जीवनमा बिराम लागेको छ ।

दीयाले साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन् । दुबैले सहमतिमा यो निर्णय गरेको बताइएको छ ।

दीयाले ११ वर्षसम्म एकअर्कासँग जीवन बिताएको उल्लेख गरेकी छिन् । उनले सहमतिमा छुट्टिने निर्णय गरेको र सँधै साथी बनेर रहने बताएकी छिन् । उनले एकअर्कालाई उत्तिकै सम्मान र इज्ज दिने बताएकी छिन् ।

‘हाम्रो जीवनको बाटो अलग भएको छ । हाम्रो एकअर्कासँग एकदमै राम्रो थियो’, नायिका दीयाले भनेकी छिन्, ‘यसका लागि हामी सदैव आभारी हुनेछौं ।’

उनले साथीभाई, परिवार र संचार माध्यमलाईसमेत साथ र सहयोगका लागि धन्यवाद दिएकी छिन् । दीयाले अब यस विषयमा कुरा गर्न नचाहेको बताएकी छिन् ।

दीया सन् २०१४ मा साहिल संघासँग विवाहवन्धनमा बाँधिएकी थिइन् । दीया अभिनेत्रीका अलावा मोडल तथा निर्मातसमेत हुन् ।

उनी सन् २००० को मिस एशिया प्यासेफिककी ताज विजेतासमेर हुन् ।

Published : Friday, 2019 August 2, 10:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया