काठमाडौंको नागढुंगामा प्रहरीलाई सफलता

काठमाडौं । प्रहरीले काठमाडौंमा एक किलो सुनसहित ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई पक्राउ गरेको छ ।

रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ घर भएका तामाङलाई प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिकाको वडा नम्बर २ नागढुङ्गाबाट एक किलो सुनसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

तामाङले मंगलबार राति लुकाई छिपाई ल्याएको एक किलो सुनसहित पक्राउ गरेको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट संयुक्त रुपमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.९ प २७२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तामाङले पाईन्टको पेटी लगाउने स्थानमा ४ वटा टुक्रामा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।

यसैबीच, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कप्तान टोल बस्ने ३० वर्षीय रेहान तामाङ भनिने रामबहादुर घिसिङलाई चाइनिज पेस्तोल १ थानसहित पक्राउ गरेको छ ।

घिसिङको साथमा रहेको गोली ५ राउण्ड, कटुवा पेस्तोल १ थान, जंगी राउण्ड ३ थान र निजले चलाएको ना.३६ प २८१३ नम्बरको मोटरसाइकलसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाएको छ ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ३ स्थित ३ नम्बर वडा कार्यालय भवनमा बुधबार बिहान आगलागी भएको घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न घिसिङलाई पक्राउ गरी घर खानतलासी गर्दा उक्त हतियार फेला पारेको थियो ।

त्यस घटनामा संलग्न रहेका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ टेकानटोल बस्ने ३५ वर्षीय मानबहादुर वाईबालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सोही घटनामा संलग्न रहेका चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैंडाटार बस्ने ५५ वर्षीय रेवतप्रसाद मैनालीलाई जंगी राउण्ड १ थान, तामाको पाईपको टुक्रा २ थान र मोबाइल २ थानसहित सो कार्यालयबाट खटिएको प्रहरी पक्राउ गरेको थियो ।

Published : Thursday, 2019 August 1, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया