काठमाडौंमा इन्जिनियरको घरमा गोली हान्ने पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कलंकीस्थित हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमासडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाल रहेका छन् ।

प्रहरीले खनाललाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको जनाएको छ ।

शुभाकरको घरबाट दुई थान हतियार र ५० राउन्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । यी हतियार लाइसेन्सप्राप्त हतियार हुन् ।

सोमबार राति ९ बजेतिर शर्माको घरलाई लक्षित गरी गोली प्रहार भएको थियो ।

गोली शर्माकी छोरी पढिरहेको तेस्रो तलामा रहेको कोठाको झ्यालबाट भित्र झरेको थियो । गोलीबाट कुनै मानवीय क्षती भने भएको छैन ।

सोमबार राति नै ११ बजे प्रहरीले खनालको घरमा खानतलासी गर्न खोज्दा ढोका नखुलेका कारण मंगलबार बिहान खानतलास गरिएको थियो ।

प्रहरीले खनालले नै गोली चलाएको भने दाबी गरेको छैन । लाइसेन्स प्राप्त हतियारबाट गोली चलेको जस्तो देखिएका कारण उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Published : Tuesday, 2019 July 30, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया