बिहारीद्वारा उदितनारायणलाई ज्यान मार्ने धम्की

मुम्बई । नेपाली मूलका बलिउडका चर्चित गायक उदितनारायण झालाई लक्ष्मण नामका एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

बिहार घर भएका लक्ष्मणले उदितनारायण झालाई फोन गरेर ज्यान मार्ने धम्की दिएका हुन् । गायक उदित नारायण झालाई धम्कीले तनाव बढाइदिएको छ ।

एक महिनादेखि निरन्तर ज्यान मार्ने धम्की आएपछि गायक उदितनाराय झाले सुरक्षाको माग गर्दै मुम्बईको अम्बोली प्रहरी विटमा उजुरी दिएका छन् । उनको घरको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

बिहारका ती व्यक्तिले गायक उदितनारायण झालाई कुनै बार्गेनिङ नगरी सिधै ज्यान लिने धम्की दिएको भारतीय प्रहरीले जनाएको छ ।

ज्यान मार्ने धम्की दिनेले गायक उदितनारायण झाको रेकी गरेका कारण पनि सुरक्षा दिइएको छ ।

प्रहरीले धम्की दिनेको खोजीका लागि बिहारमा प्रहरी परिचालन गरेको छ । अपराध अनुसन्धान गर्ने प्रहरी निकाय परिचालित छ ।

गायक उदितनारायण झा मुम्बइको अन्धेरी वेस्टमा बस्छन् । अम्बोली प्रहरी चौकीका सिनियर इन्स्पेक्टरले उदित नारायण झाको उजुरी दर्ता गरेर थप अनुसन्धान जारी रहेको बताएका छन् ।

Published : Tuesday, 2019 July 30, 6:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया