तीज गीत ‘युट्युबभरि हिट’ रिलिज

काठमाडौं । गायिका टीका सानु र गायकद्वय उज्वल गिरी र नन्दु परियारको स्वरमा ‘युट्युबभरि हिट’ बोलको तीज गीत रिलिज भएको छ ।

गीतको शब्द उज्वल गिरीले लेखेका हुन् । गीतको लय नन्दु परियारको रहेको छ ।

म्युजिक भिडियोमा मनीषा पोखरेलले अभिनय गरेकी छिन् । पोखरेललाई उज्वल, रामु र प्रतिमाले साथ दिएका छन् । म्युजिक भिडियोको निर्देशक विष्णु भट्टराईले गरेका छन् ।

Published : Saturday, 2019 July 27, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया