शिल्पा पोखरेललाई पक्राउ गर्न प्रहरी खटियो, दशा बिग्रिए

काठमाडौं । फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

पक्राउ पुर्जी जारी गरेपछि ओझा र पोखरेल लुकेर बसेको चर्चा छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले ओझा र पोखरेललाई पक्राउ गर्न बुधबार पक्राउ पुर्जी जारी गरेको हो । एसपी अशोक सिंहका अनुसार छवि र शिल्पाविरूद्ध अदालतमा बहुविवाहको मुद्दा दर्ता भएपछि पक्राउ पुर्जी जारी गरिएको छ ।

छविकी जेठी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले ओझा र पोखरेललाई खोजतलास सुरु गरेको हो ।

उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन् ।

पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन् ।

शिल्पा र छविको सम्बन्धबारे मिडियामा चर्चा भएपछि आफूले उनलाई के हो भनेर सोधेको तर जवाफमा छविले मैले अर्को विवाह गरेको के प्रमाण छ भनेर सोधेको हेमाले जाहेरीमा उल्लेख गरेकी छन् ।

साउन ३ गते आफूले छवि र शिल्पाको विवाह दर्ताको कागजात पाएकाले सोही आधारमा बहुविवाहको उजुरी दिएको उनले बताएकी छन् ।

हेमाले निवेदनमा भनेकी छिन्, ‘घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग म यो जाहेरी लिई उपस्थित भएकी छु ।’

उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन् ।

नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ जरिमाना हुनसक्छ ।

Published : Wednesday, 2019 July 24, 5:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया