ओझाकाे सम्पत्तिका लागि शिल्पाको नाटक

काठमाडौं । नेपाली फिल्मको ‘बाघ’ भनेर चिनिएका छविराज ओझा कान्छी पत्नीसँगको लफडामा परेका छन् । उनीहरूको लफडा सम्बन्ध विच्छेदका लागि अदालतसम्म पुगेको छ ।

ठूलो धनराशि खर्च गरेर राम्रा फिल्म बनाउँदै आएका ओझा आफ्नी कान्छी पत्नी शिल्पा पोख्रेलका कारण विवादमा आएका हुन् । विवाद यतिसम्म अगाडि बढ्यो कि पोख्रेलले जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्धा दायर गरेकी छिन् ।

युवती भनेपछि हुरुक्कै हुने ओझाको हर्कतको पोख्ररेलले खुलस्त पारिदिएकी छिन् । सार्वजनिक चरित्र बनाएका ओझा र पोख्रेलबीच तीन वर्ष अगाडि औपचारिक रुपमा विवाह भएको थियो ।

मोडलिङबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी पोख्रेललाई नेपाली फिल्ममा ओझाले नै पहिचान दिएका हुन् । पोख्रेलका लागि सुन्तली, मंगलम जस्ता राम्रा फिल्म बनाएका ओझा जेल जानबाट बालबाल बचेका छन् ।

आफ्नी कान्छी पत्नी पोख्ररेलले महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा ज्यान मार्ने तथा शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएपछि विवाद बाहिर आएको हो । पोख्ररेलले ओझालाई हिरासतमा नथुनाए पनि सार्वजनिक बेइज्जती भने गरिदिएकी छिन् ।

आफूभन्दा झण्डै दोब्बर उमेरका ओझासँग गुपचुप विवाह गरेकी पोख्ररेलका बारेमा पछिल्लो समय धेरै कुराहरू बाहिर आएका छन् । नायिका पोख्ररेलका हर्कतका बारेमा ओझाले खुलैर अन्तर्वार्ताहरूमा खुलासा गरेका छन् ।

नायिका पोख्ररेलको ओझासँग दोस्रो विवाह हो । यो कुराको खुलासा स्वयं ओझाले आफ्नो अन्तार्वर्तामा भनेका छन् । नायिका पोख्ररेल ओझाको तेस्रो पत्नी हुन् । पोख्ररेलका हर्कतबाट दिक्क भएका ओझाले कुटपिटदेखि मानसिक तनाव दिने गरेको बताइएको छ ।

फिल्म हेर्न जान नपाएको विषयमा कानको जाली फुट्ने गरी पति ओझाको कुटाइ खाएकी पोख्ररेलले घर छाडेर हिँडेकी थिइन् । पोख्ररेललाई फोटो ग्राफर विकास रौनियार र उनकी पत्नी सम्झना उप्रेती रौनियारले साथ दिएका छन् ।

नायिका पोख्ररेलले युट्युबहरूमा दिएको अन्तर्वार्ताहरूका अनुसार पति ओझाले आर्यन सिग्देल, सविन श्रेष्ठ, सुवास, पुष्प खड्कासहितका कलाकार र निर्माताहरूसँग शंकका गरेका थिए ।

सोही कारण नायिका पोख्ररेलको सम्बन्ध पति ओझासँग बिग्रिएको चर्चा उनले गरेकी छिन् । अब उनीहरू एकसाथ बस्नै नसक्ने गरेर अलग भएका छन् । पोख्ररेलले सम्बन्ध विच्छेदको मुद्धा जिल्ला अदालत काठमाडौंमा दर्ता गराएपछि उनीहरूसँगै बस्ने सम्भावना टुटेर गएको हो ।

यति मात्रै होइन ओझाले कान्छी पत्नी पोख्ररेललाई फेसबुकमा ब्लक नै गरिदिएका छन् । ओझा र पोख्ररेलबीच फोनमा सम्वाद नै हुन छाडेको छ । उनीहरूका बीच कानून व्यवसायीमार्फत कुराकानी हुने गरेको छ ।

तरुनी भनेपछि हुरुक्कै हुने ओझाकी पहिलो पत्नीले आत्महत्या गरेकी थिइन् । ओझाको मानसिक तनाव सहन नसकेर पहिलो पत्नीले आत्महत्या गरेको कान्छी पत्नी पोख्ररेलले बताएकी छिन् । दोस्रो पत्नी रेखा थापाले पनि ओझाका यस्तै हर्कतले सँगै बस्न नसक्ने भएपछि छाडेर अहिले अलग आफ्नै काम गरेर चाबहिलमा बस्दै आएकी छिन् ।

तेस्रो अर्थात् कान्छी पत्नी पोख्ररेलसँग पनि ओझासँग लामो सम्बन्ध रहन सकेन । शंकालु ओझाले पत्नीलाई सम्हाल्न नसकेको आरोप लागेको छ । कतिपयले नायिका बन्न र हिट हुन ओझालाई पोख्ररेलले फसाएको चर्चा पनि हुने गरेको छ । आफूभन्दा दोब्बर उमेरका तथा दुई वटी पत्नी रही सकेका ओझाको पछि लाग्नु पोख्ररेलकै गल्ती भएको बताइन्छ ।

विराटनगर निवास पोख्ररेलको पहिलो विवाह असफल भएपछि आफूसँग विवाह गरेको ओझाले बताएका छन् । युट्युब अन्तर्वार्ताहरूमा ओझाले नायिका पोख्ररेलको विगतको खुस्त बनाइदिएका छन् । अन्तर्वार्तामा रोएरै सहानुभूति बटुल्दै आएकी पोख्ररेललाई केही अभिनेत्रीहरूको समर्थन छ । ओझालाई खुलेर धेरैले साथ दिएका छैनन् ।

उता, फिल्मका स्क्रिप्ट राइटर गौरव पुरीले शिल्पा पोखरेलका बारेमा धेरै रहस्यपूर्ण कुराहरू बाहिर ल्याइदिएका छन् । ओझासँग कान्तिपुर फिल्म एकेडेमीमा सँगै काम गर्दै आएका पुरीले शिल्पाको पहिला पनि विवाह भइसकेको र विवाद कुन जिल्लामा भएको भन्नेसम्मको प्रमाण आइसकेको बताएका छन् ।

त्यति मात्रै होइन शिल्पा पहिलाको पतिसँग छ वर्षसम्म सँगै बसेको पनि पुरीले बताएका छन् । शिल्पाले सम्पत्तिका लागि ओझासँग नाटक गरेको उनको भनाइ छ । ओझाको तर्फबाट शिल्पासँग भेटेर कुरा मिलाउन पटक पटक प्रयास गरेका पुरीले विवाद सम्पत्तिसम्म पुग्ने दाबी गरेका छन् ।

Published : Sunday, 2019 July 21, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया