‘मैपनि एमाले’ गीत गाउने बद्री पंगेनीले देखाए दादागिरि, चढ्याे सत्ताकाे उन्माद

काठमाडौं । काठमाडौंका एक जना व्यापारीलाई पूर्वएमाले निकटका लोक दोहोरी गायक बद्री पंगेनीसहितको समूहले ज्यान मार्ने धम्की दिएको छ ।

पंगेनीसहितको समूहले ज्यान मार्ने धम्की दिएपछि व्यापारी निमा दोर्ची शेर्पाले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका छन् ।

गायक पंगेनीका साथै उनका साथीहरू विजय सिंह र सुवास अधिकारीले संयुक्त रुपमा काठमाडौं प्लाजामा सञ्चालन गरेको ‘निरमाया दोहोरी साँझ’ सञ्चालन गर्दै आएका छन् ।

सोही दोहोरी साँझमा राखिएको फर्निचर र नयाँ डेकोरेशनको ५५ लाख रुपियाँ रकम माग्न जाँदा गायक पंगेनीसहितको समूहले शेर्पालाई ज्यान मार्ने धम्की दिएका हुन् । उनीहरूको धम्कीका कारण शेर्पा मानसिक तनावमा परेका छन् ।

काठमाडौंको सीतापाईला निवासी शेर्पाले आफूलाई पंगेनीसहितको तीन जनाको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै साउन १ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

शेर्पाले सञ्चालन गरेको श्रृष्टि फर्निचरबाट पंगेनीले निरमाया दोहोरी साँझका लागि करीव ५५ लाख रुपियाँ बराबरको डेकोरेशन गराएका थिए ।

काम सम्पन्न गरेको ३ महिनापछि पैसा माग्न जादा गायक पंगेनी र उनका साथीहरूले शेर्पालाई दुईतिहाइको कम्युनिस्ट सरकार र प्रहरी प्रशासनको देखाइ ज्यान मार्ने धम्की दिने गरेको पीडित शेर्पाले बताएका छन् ।

गायक पंगेनीले दुई तिहाइको सरकारको धाकधम्की देखाएर शेर्पालाई पैसा दिन नचाहेको आरोप छ । पंगेनीले राज्यसत्ताको आडमा शेर्पालाई पैसा नदिन खोजेको बताइएको छ ।

गायक पंगेनीले निर्वाचनका बेला ‘मैपनि एमाले…’ बोलको गीत गाएका थिए । यो गीत निर्वाचनका बेला तत्कालीन एमालेले आफ्नो हरेक चुनावी कार्यक्रम र सभाहरूमा बजाएको थियो ।

Published : Wednesday, 2019 July 17, 1:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया