नायिका शिल्पाले दोस्रो पतिलाई दुःख दिइन

काठमाडौं । नेपाली फिल्मका निर्माता छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलको घर झगडा साम्य हुनेभन्दा पनि चर्किदै गएको छ ।

ओझा र पोखरेलको झगडा सम्बन्ध विच्छेदको विन्दुमा पेगेको छ । नायिक समेत रहेकी पोखरेलले ओझासँग सम्बन्ध विच्छेद गर्ने तयारीमा छिन् । ओझाले सम्बन्ध विच्छेद नगर्न पोखरेललाई सम्झाइ रहेका छन् ।

युट्युब अन्तर्वार्ताहरूमा नायिका समेत रहेकी पोखरेलले रुदै ओझामाथि नानाथरी आक्षेपहरू लगाउन थालेकी छिन् । पोखरेलले युट्युब अन्तर्वार्तामार्फत संगिन आरोपहरू लगाएपछि ओझाले ती सबै आरोपहरू खारेज गरिदिएका छन् ।

घरझगडालाई पोखरेलले मिडिया र सामाजिक सञ्जालमा छताछुल्ल बनाएपछि ओझाको मन कुडिएको छ । ओझाले कान्छी पत्नी पोखरेललाई न्याय दिने समेत बताएका छन् ।

नायिका पोख्रेलले श्रीमानबाट आफूलाई घरेलु हिंसा भएको र जीउज्यानको सुरक्षामा खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

दुवै पक्षलाई बोलाएर प्रहरीले कुरा मिलाएर पठाएको थियो । ओझाले आफ्नो गल्तीका लागि माफी मागिसकेका छन् ।

नायिका पोखरेलले विवाहको तीन वर्षको अवधिमा धेरै पटक आफूलाई श्रीमान ओझाले हातपात गरेको दाबी आफ्ना अन्तर्वार्ताहरूमा गरेकी छिन् ।

ओझाले अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको बताएका छन् । ५२ वर्षको उमेरमा तीन श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर अब चाहिँ सहज रुपमा जीन्दगी बिताउन सक्छु जस्तो लागेर पोखरेलसँग विवाह गरेको ओझाले बताउँदै आएका छन् ।

कान्छी पत्नी पोखरेलले नानाभाँती आक्षेप लगाएपछि ओझाले फेसबुकमा लेखेका छन्, ‘जीन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईँ । छातीमा हात राखेर एकछिन आफैलाई नढाँटी सम्झनुस्, तपाईँले लगाएका कति आरोपहरु सत्य छन् ? यदि तपाईँ पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईँले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’

‘अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधैँ तपाईँका लागि खुल्ला छ । हैन र यदी तपाईँ साँच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एकपटक मैसँग आएर टेबलमा कुरा गर्नुस्’, ओझाले भनेका छन्, ‘मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । शिल्पासँग बिहे गर्नु पूर्व छवीले तीनपटक बिहे गरेका थिए ।’

ओझाले आफूले विगत केही दिनदेखि सम्पर्क गर्न खोज्दा वकिलले भेट्छ भन्ने जवाफ पोखरेलले दिएको समेत बताएका छन् ।

‘म फेरि पनि भन्दैछ, संसारको कुनै पनि अदालतमा जानु पर्दैन छवी ओझाको अदालतमा सीधै आउनु, तपाईँले न्याय पाउनु हुन्छ’, ओझाले भनेका छन् ।

नायिका समेत रहेकी ओझाकी कान्छी पत्नी पोखरेललाई टीका लगाउने दाई विकास रौनियार र उनकी पत्नी सम्झाना उप्रेती रौनियारले उचालेको चर्चा छ । पोखरेललाई केही निर्माता र कलाकारहरूले समेत उचालेर घर भाँड्न थालेको आरोप लागेको छ ।

ओझासँग विवाह गर्नु अगाडि पोखरेलले पनि पहिलो विवाह गरेर पति छाडेकी थिइन् । यो कुराको पुष्टि स्वयं ओझाले आफ्नो अन्तर्वार्तामा बताएका छन् ।

Published : Tuesday, 2019 July 16, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया