काठमाडौंमा भारतीयसहित दुई नेपाली पक्राउ

काठमाडौं । काठमाडौंको एउटा होटलभित्रबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ परेको छ ।

मित्रनगर नयाँ बसपार्कस्थित एक होटलबाट अटोमेटिक पेस्तोल र गोलीसहित नुवाकोटका दुई जना र एक जना भारत घर भएका व्यक्ति पक्राउ परेका हुन् ।

गोप्य सूचनाका आधारमा खानतलासी गर्दा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४, चौघडा घर भएका २९ वर्षीय प्रितम राई, वर्ष ३७ का रामकुमार राई र भारत दार्जिलिङ घर भई हाल काठमाडौंको टोखा बस्ने गरेका वर्ष ३६ का सविन खवासलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूका साथबाट मेड इन इटाली लेखिएको एक थान पेस्तोल र त्यसमा लाग्ने र ५ थान गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले प्रयोग गरेका बा ६७ प २६६६ र बा ९९ प १३०३ नम्बरका दुई मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अभियुक्तहरूलाई महानगरीय अपराध महाशाखा (टेुक)मा बुझाइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Monday, 2019 July 15, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया