नेपाली युवतीले भारतीय नागरिक ल्याएर आमालाई सिध्याइन्

भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायणमा एक जना युवतीले भारतीय व्यक्तिहरूलाई बोलाइ आफ्नै आमाको हत्या गराएको रहस्य बाहिर आएको छ ।

६० वर्षीया सावित्री भट्टराईलाई उनकै २७ वर्षीया छोरी ईश्वरी भट्टराईले प्रेमीसँग मिलेर भारतबाट हत्या गर्न व्यक्तिहरू बोलाइ हत्या गरको प्रहरीले जनाएको छ ।

भक्तपुरको चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी सावित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो ।

हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका ४ का २३ वर्षीय मोहम्मद नौसाद, भारतको जनक भगत इडी ३५ नई अशोका नगर बसुन्धरा एक्लेबका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मधुमनीका २४ वर्षीय मेहम्मद रहिश र मृततकी छोरी ईश्वरी भट्टराई रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भीक अनुसन्धानमा ईश्वरी भट्टराई र सिरहा विष्णुपुर १ घर भएका भक्तपुरको पुरानो ठिमी बस्दै आएका मोहम्मद नौसाद बीचको सम्बन्धका बारेमा आमालाई थाहा भएपछि छोरीले नै नौसादसँग सल्लाह गरी १२ लाखको सुपारी दिने सहमति गरेर हत्या गराएएको खुलेको छ ।

नौसाद र भोला कुमारले भारतबाट मोहम्मद रहिशलाई बोलाएर हत्या गरेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।

Published : Monday, 2019 July 1, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया