भर्जिन नेपाली युवतीसँग याैन सम्पर्क गर्न खोज्ने भारतीय व्यक्तिको २३ लाख बेपत्ता

काठमाडौं । प्रहरीले एक जना नेपाली युवतीलाई भारतीय नागरिकलाई ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।

भारतका निर्माण व्यवसायी श्रीपाल जैनको पैसा ठगी गरेर लिएको अभियोगमा २१ वर्षीया नेपाली युवती पक्राउ गरेको हो ।

तीन महिना अगाडि फेसबुकमार्फत चिनजान भएका भारतीय नागरिक जैनले नेपाली युवती डायना सकेण्ड नाम गरेकीसँग चिनजान भएको थियो । सोही चिनजानका आधारमा जैनले डायनासँग यौनसम्पर्कका लागि दवाव दिएका थिएका थिए ।

सप्तरी जिल्लाका औरही नगरपालिका वडा नम्बर ३ स्थायी घर भई हाल काठमाडौंको नरेफाँटमा डेरामा बस्दै आएकी डायनाले जैनको कमजोरी पत्ता लगाएर २३ लाख रुपियाँ लिएर गायब भएकी थिइन् ।

डायनलाईलाई भारतीय नागरिक जैनले बेलाबेला जबरजस्ती यौनसम्पर्क राख्न खोजेको ती युवतीले बताएकी छिन् ।

डायना बेलाबेला भिजिट भिषामा संयुक्त अरब इमरेट्स (यूएई) मा जाने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

भारतीय नागरिक जैनले २१ वर्षीया डायना सकेण्डसँग शारीरिक सम्बन्ध राख्ने प्रस्ताव समेत गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

तर, डायनाले भारतीय नागरिकको सेक्स प्रस्ताव अस्वीकार गरेको जनाइएको छ ।

ती भारतीय नागरिकले युएईमा रहेकी डायनालाई बम्बईस्थित आफ्नो घरसम्म पु¥याएको पनि खुलेको छ ।

पत्नी र छोराछोरी रहेका श्रीपाल जैनले आफ्नी छोरी जस्ती डायनालाई विवाहको प्रस्ताव गरेको खुलासा भएको छ ।

डायनाको हाउभाउ र अंग्रेजीमा राम्रो दख्खल रहेको छ । करीव एक साताको भारत बसाइपछि डायना नेपाल फर्किएपछि ‘बुबाले विदेशबाट सुन पठाउनु भएको छ । भन्सारका लागि ४० लाख बुझाउनु पर्ने भयो’ भनेर जैनसँग माग गरेकी थिइन् ।

भारतीय नागरिक जैनले शुक्रबार डायनालाई ४० लाख नदिएर जम्मा २३ लाख रुपियाँ दिएका थिए ।

रकम लिएपछि डायना र जैनसँगै भारत फर्किने योजना थियो । रकमको लेनदेन भइसकेपछि १२:४० मा दुवै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर एरियामा प्रवेश गरे ।

डायनाले भीआईपी पास देखाउँदै आफू अर्को बाटोबाट छिर्ने बताउँछिन् । जैन साधारण प्रवेशद्धारतिर लागे ।

लगेज दिएर विमान उड्ने समय २ बज्नै लाग्दासम्म डायना विमानमा आइनन् ।

आफू फसेको थाहा पाइसकेपछि जैनले पनि चलाखी अपनाउँदै मोबाइल स्वीच अफ गरेर महानगरीय प्रहरी वृत्त, गौशालामा गएर समस्याबारे बताएका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार जैनसँग विमानस्थलबाट छुट्टिएको ५ मिनेटमै डायना ट्याक्सी चढेर कोठा पुगेकी थिइन् ।

संयोगवश उनले प्रि–पेड ट्याक्सी सेवामार्फत विमानस्थलबाट बाहिर निस्किएका कारण तत्काल पक्राउ परेकी हुन् ।

ट्याक्सी र विमानस्थलमा कार्यरत एक कर्मचारीको सहयोगमा डायनाको कोठासम्म प्रहरी पुग्न सफल भएको थियो ।

डायनाले नरेफाँटमा तीन वटा कोठा भाडामा लिएर भाई र बहिनीसँगै बसेकी थिइन् ।

उनको कोठाबाट प्रहरीले २० लाख ८० हजार रुपियाँ बरामद गरेको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिएका छन् ।

जैनले दिएको मध्ये २ लाख २० हजार रुपियाँ डायनाले महोत्तरीमा रहेका परिवारलाई पठाएकी छिन् ।

डायनाले यूएईमै श्रदामसँग चिनजान भएको बयान दिएकी छन् । प्रहरीले उनी डायनाको प्रेमी भएको आशंका गरेको छ । जैनलाई ठगेको भन्ने डायनाले स्वीकार गरेकी छन् ।

डायनाका बुबा लाइसेन्स प्राप्त वकिल भएको खुलेको छ । छोरीले पठाएको पैसा पनि उनका बुबाले फिर्ता गरिसकेका छन् ।

Published : Sunday, 2019 June 23, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया