मासु पकाउन नमान्दा पत्नीको हत्या

दिपायल । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ३ दिपायलमा कैँची प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तले दिएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका– ३ बस्ने ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् ।

सोमबार राति घरायसी कुरामा विवाद हुँदा श्रीमान कृष्ण नेपालीले उनकी श्रीमती मीनाको घाँटी र ढाडमा लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् ।

हत्या गर्ने कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

कृष्णले राति नौ बजे मासु लिएर आएका थिए । मदिराले मातेका कृष्णले मासु पकाउन पत्नीलाई गरेको आग्रह अस्वीकार भएपछि हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

Published : Tuesday, 2019 June 18, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया