पाकेटमार चोरको चाेर्ने शैलीबाट प्रहरी नै छक्क, ८२ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले पाकेटमार र चोरसहित ८२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पाकेटमारीविरूद्धको विशेष अभियानको क्रममा सवारी साधनमा पाकेटमारी र चोरी गर्ने ७८ जना पुरुष र ४ जना महिला गरी जम्मा ८२ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

०७६ जेठ १ गतेदेखि जेठ ३२ गतेसम्म यातायात व्यवसायीहरूसँग सहकार्य गरी संचालन गरिएको उक्त अभियानको क्रममा परिसरबाट खटिएका सादा पोशकका प्रहरी टोलीले विभिन्न स्थानबाट पाकेटमार गर्ने चोरलाई पक्राउ गरेको हो ।

बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुको साथबाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल र गहना चोर्दाचोर्दै र पाकेट मार्दै गरेको अवस्थामा चोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले सार्वजानिक बस मा विभिन्न बस पकेटहरूबाट २–२ जनाको दरले ६ जनासम्मको ग्रुप बनाई बसभित्र छिर्ने र एक अर्कामा सांकेतिक भाषा प्रयोग गरी पैसा भएको यात्रु पत्ता लगाई अगाडि पछाडिबाट घेरावन्दी र पारी ठेलमठेलको अवस्था बनाई मौका छोपी मोबाईल, नगद र सुनचाँदीका गरगहना पकेटमारी गरी पालै पालो गरी बसबाट ओर्लिई भाग्ने गरेको खुल्न आएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पकेटमारी गर्नेको साथबाट बरामद गरिएको विभिन्न व्यक्तिहरूको करीब ६ लाख रकम तत्काल सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Published : Sunday, 2019 June 16, 5:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया