इजरायलबाट ‘मेगा रेमिट’ सेवा
काठमाडौं । ‘मेगा रेमिट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।
इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी)सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमिटको सेवा विस्तार गरेको हो । जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।
जीएमटीका २ सय ४० वटा शाखाबाट नेपालीहरूले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन् । नेपालीहरूले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सयभन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।
मेगा बैंकले ‘मेगा रेमिट’ सेवालाई संसारका बिभिन्न देशहरूमा जोड्ने क्रमलाई तीव्रता दिएको छ । अन्य देशहरुमा पनि यसैगरी रेमिट सेवा विस्तार गर्ने बैंकको योजना छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया