इजरायलबाट ‘मेगा रेमिट’ सेवा

काठमाडौं । ‘मेगा रेमिट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी)सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमिटको सेवा विस्तार गरेको हो । जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

जीएमटीका २ सय ४० वटा शाखाबाट नेपालीहरूले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन् । नेपालीहरूले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सयभन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।

मेगा बैंकले ‘मेगा रेमिट’ सेवालाई संसारका बिभिन्न देशहरूमा जोड्ने क्रमलाई तीव्रता दिएको छ । अन्य देशहरुमा पनि यसैगरी रेमिट सेवा विस्तार गर्ने बैंकको योजना छ ।

Published : Sunday, 2019 June 16, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया