प्रदेश ५ को राजधानीमा पेस्तोलसहित ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाको सैनामैनामा कटुवा पेस्तोलसहित पाँच जना पक्राउ परेका छन् ।

सैनामैना नगरपालिकाको वडा नम्बर ५ बुद्धनगरबाट कटुवा पेस्तोल १ थान र त्यसको गोली १ थानसहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा सैनामैना नगरपालिका वडा नम्बर ६ बस्ने २० वर्षीय अर्जुन मुसहर, २० वर्षीय सुरज दर्जी, २२ वर्षीय मनीष परियार, २९ वर्षीय सालिकराम सुबेदी र १८ वर्षीय प्रदीप मुसहर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कटुवा पेस्तालेसहित पक्राउ परेका पाँच जनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

रुपन्देही जिल्ला प्रदेश पाँचको राजधानी पनि पर्छ । रुपन्देही जिल्लाको शान्ति सुरक्षा खराब हुँदै गएको आरोप लागिरहेका बेला हतियारसहित पाँच जना पक्राउ परेका छन् ।

Published : Friday, 2019 June 14, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया