‘भारत’को पाँच दिनको कमाइ एक सय पचास करोड
मुम्बई । ईदमा रिलिज भएको सलमान खान अभिनित ‘भारत’ले रिलिजको पाँच दिनमा १ सय ५० करोड भारू बढि कमाइ गरेको छ। ७० देशका १३ सय पर्दामा रिलिज भएको सिनेमाले यो कमाइ घरेलु वक्सअफिसबाट गरेको हो ।
‘भारत’ सलमानको करियरको सर्वाधिक सुरूवाती व्यापार गर्ने सिनेमा बनेको छ । अलि अब्बास जफर निर्देशित सिनेमा कोरियन सिनेमा ‘ओडे टु माइ फादर’को हिन्दी संस्करण हो । सिनेमामा सलमान र क्याटरिना कैफको जोडी रहेको छ ।
सिनेमाले रिलिजको पहिलो दिन बुधबार ४२.३० करोड भारू कमाइ गरेको थियो भने दोश्रो दिन ३१ करोडको कमाइ गरेको थियो ।
सिनेमाले शुक्रबार २२.२० करोड कमाइ गर्दा शनिबार र आइतबार क्रमशः २६.७ र २७.९० करोड भारू कमाइ गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छन् । यसरी सिनेमाले ५ दिनमा कुल १५०.१० करोड भारू कमाइ गरेको हो । एजेन्सी
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया