अभिनेत्री थापासँग फिल्म बनाएका गौतमलाई पक्राउ गर्न पत्राचार

काठमाडौं । नेपाल प्रहरीले नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमलाई पक्राउ गर्न क्यानेडियन प्रहरीको सहयोग मागेको छ ।

नेपाली अभिनेत्री रेखा थापासँग फिल्म बनाएका गौतम क्यानडामा बस्दै आएका छन् । उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले क्यानेडियन प्रहरीसँग सहयोग मागेको छ ।

गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले गत महिना रेड नोटिस जारी गरिसकेको छ ।

१० महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम रेड नोटिस जारी भएकाले जुनसुकै देशमा पक्राउ पर्न सक्छन् ।

उनी क्यानेडियन नागरिक भइसकेकाले नेपाल ल्याउन भने कठिन हुन सक्ने प्रहरी अधिकारीको भनाइ छ ।

नेपालमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ । चलचित्रमा अभिनय गरेका गौतमले कलाकार बनाएर नेपालीहरूलाई अवैध बाटोबाट अमेरिका लैजाने गरेका थिए ।

त्यसमध्ये कतिपयको बाटोमै मृत्यु भएको थियो भने कतिपय महिनौँपछि अलपत्र परेर फर्किएका थिए ।

दुई वर्षअघि गौतमकै समूहले तीन युवतीलाई कलाकार बनाएर हाइटी पु¥याएको थियो ।

दिल्लीबाट रसिया, स्पेन, बोगोटा, डोमेनिकन रिपब्लिका हुँदै हाइटी लगिएको थियो । हाइटीमा एक कम्पनी खडा गरी सिनेमाको सुटिङका लागि भनेर उनीहरूलाई सहजै त्यहाँसम्म पुर्‍याइएको थियो ।

Published : Friday, 2019 June 7, 3:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया