तेक्वान्दो संघको अध्यक्षमा कोइराला पुनः चयन

काठमाडौं । शिव कोइरालालाई अध्यक्षतामा निरन्तरता प्रदान गर्दै राष्ट्रिय तेक्वान्दो संघको साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौंमा भएको तेश्रो साधारण सभाले संघको बरिष्ठ उपाध्यक्षमा एकनाथ थापा र उपाध्यक्षमा जनक बर्तौलालाई चयन गरेको छ ।

संघको महासचिवमा राजकुमार कार्कीले पुनः जिम्मेवारी प्राप्त गरेका छन् । सचिवमा राकेश कुमार राई र शनिश लागेजु तथा कोषाध्यक्षमा पदम राना चुनिए ।

संघको सदस्यहरुमा बिकास श्रेष्ठ, मनोज कुमार सिंह, धिरेन्द्र सिंह कठायत, द्वारिका रोमी, गौतम मान महर्जन, मोहम्मद सागिर शेख, बुद्धि बहादुर थापा मगर, प्रेम बहादुर भुजेल, सुनिता मैनाली र राजेश लामा रहेका छन् ।

साधारण सभामा ४९ जिल्लाका दुई दुई प्रतिनिधी, कार्यसमितिका ३४ र सात प्रदेशका २१ गरि कुल १५३ प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

Published : Monday, 2019 June 3, 9:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया