हुवावे मोबाइलमा एसडी कार्डले सपोर्ट नगर्ने

लण्डन । चिनियाँ कम्पनी हुवावेका फोनहरूमा एसडी कार्ड प्रयोग गर्न नपाउने भएका छन् ।

अहिले हुवावेका मोबाइल फोनहरूमा एसडी कार्ड सपोर्ट गरपनि कम्पनीले आगामी दिनमा आफ्ना उत्पादनहरूमा एसडी कार्डको प्रयोग गर्न पाउने छैन ।

एसडी कार्ड एसोसिएसनका अलावा अन्य कैयन कम्पनीहरूले पनि हुवावेको साथ छोडेका छन् ।

यसअघि गुगल, एआरम, इन्टेल, क्वालकोम तथा ब्रोडकम जस्ता कम्पनीले पनि हुवावेको साथ छोडिसकेका छन् ।

अमेरिकी प्रतिबन्धसँगै कम्पनीहरूले हुवावेसँगको सहकार्य तोड्दै जान थालेका हुन् । वाइफाइ अलायन्सले समेत हुवावेलाई अस्थायी रुपमा बन्देज लगाएको छ ।

एसडी कार्ड एसोसिएसनले साथ छोड्न हुवावेका लागि ठूलो धक्का भएको बताइएको छ । प्राविधिक रुपमा हुवावेका लागि यो ठूलो समस्या चाहिँ हुनेछैन ।

किनकी हुवावेसँग आफ्नै नानो मेमोरी कार्डहरू छन् । विद्यमान मेमोरी कार्डको तुलनामा निकै सानो आकारका रहेका छन् ।

नानो मेमोरी कार्डहरू हुवावेले आफ्ना नयाँ स्मार्टफोनमा प्रयोग गर्नेछ ।

नानो मेमोरी कार्डलाई हुवावेले सबैभन्दा पहिले मेट २० स्मार्टफोन लञ्च गर्ने बेला सार्वजनिक गरेको थियो ।

Published : Sunday, 2019 May 26, 12:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया