प्रिन्सलाई अन्तर्राष्ट्रिय पदक

काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले फेरि एक पटक विश्व खेल मञ्चमा राष्ट्रको नाम पहिचान गराउन सफल भएका छन् ।

उनले थाईल्याण्डमा आयोजना भएको योनेक्स सिंह रोजा विटिवाई ईन्टरनेशनल च्याम्पियनसिप २०१९ यु – १७ एकलमा भारतका खेलाडी संग पराजित हुनुका वावजुद दोश्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

दाहाल फाईनलमा भारतीय खेलाडी प्रनभ राव गन्धमसंग २१ – १५, २१ – १२ ले पराजित हुंदै दोश्रो स्थानमा खुम्चिन बाध्य भए ।

दुवई जुनियर ईन्टरनेशनल च्यम्पियनसिप तथा नेपालको विराटनगरमा आयोजना भएको अन्तराष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपका विजेता प्रिन्सले फाईनल प्रवेश गर्ने क्रममा जापान, थाईल्याण्ड, मलेसिया, फ्रान्स र भारतका खेलाडीहरुलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।

थाईल्याण्ड ब्याडमिन्टन संघको आयोजनामा फागुन ९ गते देखि १५ गते सम्म आयोजना भएको च्याम्पियनसिपमा प्रिन्सले पहिलो चरणमा जापानका खेलाडीलाई २१- ९, २१-६ ले पराजित गरेका थिए ।

यस्तै उनले दोश्रो चरणमा थाईल्याण्डका खेलाडीलाई २१-७, २१ – ८, तेश्रोमा मलेसियाका खेलाडीलाई २१ – १०, १७ – २१, २१ – ११, चौथोमा थाईल्याण्डका खेलाडीलाई २१ – १०, २१ – १३ले, पाँचौमा फ्रान्सका खेलाडीलाई २१ – १९, २१ – २३ ले र क्वाटरफाईनलमा थाईल्याण्डका खेलाडीलाई २१ – १३, २१ – १६ ले पराजित गरेका थिए ।

फाईलन प्रवेश गर्ने क्रममा उनले भारतका खेलाडी विकास यादवलाई २१ – ९, २१ – १३ ले पराजित गरेका थिए ।

यु – १९ मा पनि प्रतिस्पर्धा गरेका प्रिन्सले पहिलो चरणमा थाईल्याण्डका खेलाडीलाई २१ – १२, २५ – २३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका थिए । दोश्रो चरणमा उनी जापानका खेलाडीसंग १५ – २१, २१ – १८ र २१ – १२ ले पराजित भएका थिए ।

ब्याडमिन्टन खेलमा आफुलाई दत्तचित्त राख्दै उत्कृष्ट खेलाडी बन्ने सपना बोकेका प्रिन्स अहिले विभिजी डाँफे सकेन्डरी स्कुल, न टोल ललितपुरमा कक्षा ९ मा अध्ययनरत छन् ।

Published : Sunday, 2019 April 28, 4:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया