तेक्वान्दोमा सोनीले जितिन स्वर्ण

काठमाडौं । सोनी खड्काले आठौं राष्ट्रिय खेल अन्तर्गत आईटिएफ तेक्वान्दोको स्पाईरिङमा स्वर्ण जितेकी छिन् ।

आईतवार भएको ४०–४५ केजी तौल समूहमा प्रदेश ३ की सोनीले आर्मीकी निस्मा बस्याललाई फाईनलमा हराएकी थिईन् ।

सोही तौल समूहमा आर्मीकी अप्सना तामाङ र सुदूरपश्चिम प्रदेशकी पुजा शाही सयुक्त काँस्य जिते । पुरुष ४६–५० को स्पाईरिङमा प्रदेश ५ का सुमन मस्यार्दी मगरले स्वर्ण,प्रदेश १ का बिशेष राईले रजत तथा प्रदेश ६ रवि सुनुवार र आर्मीका पूर्ण वहादुर मगर कास्य जिते ।

पुरुष ५१–५५ को स्पाईरिङमा प्रदेश ३ का अनिल तामाङले स्वर्ण,एपीएफका योगेन्द्र धिमालले रजत र प्रदेश ४ का सागर शम्सेर कुवँर र प्रदेश ५ रोशन आलेले कास्य जिते ।

म्हिला दोश्रो डान कालो पेटिको महिला प्याट्रनमा आर्मीकी निस्मा बस्यालले स्वर्ण तथा प्रदेश नम्बर तीनकी स्वेता राइले रजत पदक जिते । त्यस्तै महिला टिम प्याट्रनमा आर्मीले स्वर्ण तथा गण्डकी प्रदेशले रजत पदक जिते । स्वर्ण विजेता आर्मी टोलीमा तुलसा राजथला, रुविका खड्का,रिना धिमाल,कल्पना राइ र हिमा खड्का समाबेश थिए ।

पुरुष टिम प्याट्रनमा आर्मीले स्वर्ण तथा एपीएफले रजत पदक जिते । स्वर्ण विजेता आर्मीको टोलीमा भिम बहादुर तामाङ,लिलाधर बस्नेत, प्रेम बहादुर मगर, पूर्ण बहादुर र भिम बहादुर तामाङ समाबेश थिए ।

एपीएफ र तीन नम्बर प्रदेश सेमिफाइनलमा

आठौ राष्ट्रिय खेलकुद अन्तरगत आइतबार भएको महिला भलीबलको खेलमा सफलता हात पार्दै एपीएफ र प्रदेश नम्बर तीन सेमिफाइनलमा प्रबेश गरेका छन् ।

सेमिफाइनल प्रबेश गर्ने क्रममा एपीएफले सुदुर पश्चिम प्रदेशलाई २५–८,२५–१३,२५–१० को सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

प्रदेश तीनले पनि कर्णाली प्रदेशलाई २५–४,२५–१२,२५–१८ को सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल प्रबेश गरेको हो ।

त्यसतै गरी, समुह बीमा रहेको गण्डकी प्रदेशले नेपाल आर्मीमाथि १३–२५,१७–२५,२५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्दै उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो । सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल प्रबेश गरेको हो ।

पुरुष तर्फ पनि नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र गण्डकी प्रदेश सेमिफाइनल प्रबेश गरे । नेपाल आर्मी क्लब भने एक दिन अघि नै सेमिफाइनल प्रबेश गरेको थियो ।

आइतबार भएको खेलमा पुलिसले प्रदेश एकलाई २५–१३,२५–२०,१७–२५ र २७–२५ ले हराउदै समुह विजेता भएको छ । समुह कको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–१७,२५–१४,२५–२१ ले हराउदै चार खेलबाट नौ अंक जोडे पछि सेमिफाइनल प्रबेश गरेको हो ।

तीन खेलबाट नौ अंक जोडेको आर्मीले एक खेल अगावी सेमिफाइनल प्रबेश गरे पनि समुह विजेताको टुंगो सोमबार लाग्ने छ । आइतबार नै भएको पुरुष तर्फको खेलमा प्रदेश तीनले प्रदेश दुइलाई २५–१७,२५–२१,२५–१४ को सोझो सेटमा हराए पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

Published : Sunday, 2019 April 21, 10:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया