तामाङ दिदीभाईको बर्चस्व तोड्दै रचे दीपेशले र रशिलाले ईतिहास

घोराही । सेनाका तामाङ दिदीभाई रत्नजित र नङ्खशलको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी र रशिला महर्जनले नयाँ ईतिहास रच्न सफल भएका छन् ।

सेनाका रत्नजित तामाङको एक छत्र राज लाई तोड्दै एपिएफका दीपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामीले नयाँ ईतिहास रचेका हुन् ।

दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दीपेशले रत्नलाई २१ – १६, २१ – १४ को सोझो सेटमा पराजित गर्दै ईतिहास रचेका हुन् । विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामी संग पराजित भएका हुन् ।

२०६९ सालमा काठमाण्डौमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नंम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन ।

बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिंदै आएका थिए । यसै प्रतियोगिता अन्तरगत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले तथा फाईनलमा दीपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सुचित गरिसेका थिए । दीपेशले यस अघि रत्नजित तामाङलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए ।

नयाँ ईतिहास रच्ने क्रममा सेनाकी रशिला महर्जनले नङ्खशललाई १९ – २१, २१ दी १४, २४ दी २२ ले पराजित गर्दै आफुलाई राष्ट्रिय च्याम्पियनको रुपमा नाम दर्ता गर्न सफल भईन् ।

१४ बर्षमा दौडी रहेकी उनले हालै मात्र सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनमा पनि उपाधी हात पारेकी थिईन् । कक्षा र ४ पढ्दै गर्दा ब्याडमिन्टनको र्‍याकेट समातेकी उनी कक्षा ९ मा अध्ययनरत छिन् ।

ब्याडमिन्टनको ईतिहासमा राष्ट्रिय च्याम्पियन बन्ने उनी अहिले सम्मकै कान्छि खेलाडी रहेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

दिपेश र रशिला हालै सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनका विजेता समेत रहेका छन् ।

पुरुष जोडी तर्फ भने सेनाका रत्नजित तामाङ्ख र नविन श्रेष्ठको जोडीले उपाधी जोगाए । सेनाका जोडीले चिरपरिचित जोडी एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीलाई २१ – १८, २१ – १२ ले पन्छाउँदै उपाधी रक्षा गरेका हुन् ।

महिला जोडी तर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्खको जोडीले उपाधी उचाले । श्रेष्ठ र गुरुङ्खको जोडीले सेनाका नङ्खशल देवी ताामाङ्ख र अनुमाया राईको जोडीलाई २१ – १५, ११ – २१, २१ – १७ को जित निकाल्दै उपाधी उचालेका हुन् ।

यस्तै एपिएफकै खेलाडीविच भएको मिश्रीत युगलको खेलमा पुजा श्रेष्ठ र दिपेश धामीको जोडीले जेशिका गुरुङ र गौतम सिंह कठायतको जोडीलाई २१ – १०, २१ – १७ को जित निकाल्दै उपाधी चुमे ।

बिजयी खेलाडीहरुलाई घोराही उपमहानगरपालिकाका प्रमुख लगायतले पुरस्कार वितरण गरेका थिए ।

Published : Saturday, 2019 April 20, 9:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया