करातेको कुम्भ मेला दाङमा, महर्जनसहितको टोली घोराही प्रस्थान

काठमाडौं । दाङमा हुन लागेको करातेको राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनको उपस्थिति रहने भएको छ ।

वैशाख ६ गतेदेखि १० गतेसम्म हुने उक्त राष्ट्रिय कराते प्रतियोगितामा सात प्रदेश, बिभागीय टोली नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र एनआरएन टोलिले सहभागिता जनाउनेछन् ।

करातेको कुम्भमेलाको रुपमा लिएको कराते राष्ट्रिय प्रतियोगितामा देशैभरिका करातेका खेलाडी, प्रशिक्षकलगायत कराते खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहने आयोजकले दावी गरेका छन ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री गरी ८५ जना रेफ्रीहरूले प्रतियोगिता संचालन गर्नेछन् । प्रतियोगितामा सहाभागिता जनाउन करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री तथा अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका राष्ट्रिय खेलकुद परिषद पूर्वकोषाध्यक्ष महर्जन बुधबार दाङ हिँडेका छन् ।

नेपाल कराते महासंघको नेतृत्व चयनका लागि हुने निर्वाचनको विषयमा सातै प्रदेशका रेफ्री, प्रशिक्षक तथा खेलाडीहरूसँग कराते महसंघको निर्बाचनको विषयमा छुट्टाछुट्टै छलफल गर्ने महर्जनले जानकारी गराएका छन् ।

महर्जनको साथमा कराते महासंघ प्रमुख प्रशिक्षक सोभितराज प्रसाईं र कराते महासंघ केन्द्रीय सदस्य तथा साफगेम स्वर्ण पदक बिजेता रवि महर्जन पनि दाङ जान लागेका छन् ।

देशलाई विगतमा करातेले राख्दै आएको साखलाई जोगाउन, खेलाडीको पिरमर्का बुझ्ने र खेल क्षेत्र विकासको लागि अनुभवी र खेलकुदलाई म्यानपावरको रुपमा प्रयोग नगरी खेल क्षेत्रमै लागेका खेलाडीहरूलाई प्राथमिकता दिने उद्देश्यका साथ महासंघको अध्यक्ष उम्मेदवारी दिने घोषणा गरेको महर्जनले बताएका छन् ।

Published : Wednesday, 2019 April 17, 10:02 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया