भलिबलमा नेपाल न्युडायमण्ड पराजित

काठमाडौं । आइएसएप वर्ल्ड यू–१५ महिला भलिबलको पहिलो खेलमा नेपालको न्युडायमण्ड एकेडेमी २–० को सोझो सेटमा पराजित भएको छ ।

अग्ला–अग्ला कदका निदरल्याण्डका खेलाडीसँग नेपपालको न्युडायमण्डले २५–७ को सेटमा पहिलो गुमाएका थिए ।

दोश्रो सेटमा भने समालिएको प्रदर्शन गरेको न्युडायमण्डले कडा चुुनौती दिए पनि २५–२० को प्रतिस्पर्धात्मक स्कोरमा खेल गुमायो ।

न्यु डायमण्डका प्रशिक्षक कुमार राईले पहिलो सेटमा खेलाडीहरू अत्तिएरका कारण दाोश्रो सेट जस्तो पहिलो सेट प्रतिस्पर्धात्मक बन्न सकेन् ।

‘छोरीहरू अत्तिए जसले गर्दा पहिलो सेटमा भने जस्तो खेल खेल्न नसेकेको हो’, उनले भने, ‘म खुसी छु,त्योे स्तरको खेलमा हाम्रा खेलाडीले कड प्रतिस्पर्धा गर्दै २० स्कोरसम्म पु-याए ।’

प्रतियोगिताको उद्घाटनमा नेपालकी कप्तान सेटर सजिना श्रेष्ठले सम्पूर्ण खेलाडीको तर्फबाट सपथ लिने कार्यक्रम रहेको छ । नेपाल सोेमबार फ्रान्ससँग खेल्नेछ ।

Published : Sunday, 2019 March 31, 7:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया