ओसिका र शेरबहादुरलाई कुराँशमा स्वर्ण पदक

काठमाडौं । सिन्धुलीकी ओसिका केसी र बागुलुङ्गका शेर बहादुर मगरले प्रथम कुराँश प्रतियोगितामा स्वर्ण हात पार्न सफल भएका छन् ।

ओसिकाले ४८ केजी तौल समूहमा आफ्ना प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउँदै स्वर्ण हात पार्न सफल भएकी हुन् । पुरुष ५५ केजी तौलमा शेरबहादुरले स्वर्ण हात पार्न सफल भएको नेपाल कुराँश संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी गराइन् ।

कपनस्थित बालउद्धार मा.बि.को हलमा भएको प्रतियोगितामा महिलातर्फको ५२ केजीमा सिन्धुपाल्चोककी सविता पण्डित, ५७ केजीमा बागलुङ्गकी कृति शर्मा, ६३ केजीमा खोटाङ्गकी कविता राई र ७८ केजीमा भक्तपुरकी जयन्ति श्रेष्ठ आ–आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै स्वर्ण हात पार्न सफल भएका छन् ।

पुरुष तर्फको ६० केजीमा बागलुङ्गका उमेश मगर, ६६ केजीमा सोलुखुम्बुका आशिष खुलुङ्ग राई र ७३ केजीमा काठमाडौंका उपेन्द्र थापाले स्वर्ण हात पारे ।

महिलातर्फ ५ र पुरुषतर्फ ४ गरी कुल ९ स्वर्ण पदकका लागि १३ जिल्लाका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गरेका थिए । सदस्य सचिव बिष्टले छोटो समयमानै संघले अन्तर्राष्ट्रियस्तरमा खेलाडीहरूलाई प्रतिस्पर्धा गराउनुका साथै राष्ट्रिय प्रतियोगिता मार्फत उच्च खेलाडीहरू उत्पादनका साथै बैदेशिक प्रतियोगितामा पदक हासिल गर्ने सम्भावित खेल रहेको बताए ।

संघका अध्यक्ष ध्रुव न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा राखेप प्रतियोगिता तथा योजना विभागका प्रमुख रिम रानाभाट, राष्ट्रिय टिम तयारीका प्रमुख अर्जुन बिकको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2019 March 24, 7:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया