कराते महासंघको अध्यक्षमा कम्युनिस्टसँग महर्जन भिड्ने

काठमाडौं । नेपाल कराते महासंघको नयाँ नेतृत्वका लागि मीनकृष्ण महर्जनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि विवादमा रहेको कराते महासंघ पुनर्गठन हुँदै गत महिना एकीकरण भएको थियो । कराते महासंघले निर्वाचनको तयारी गरिरहेका बेला महर्जनले अध्यक्ष पदमा दाबी गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले कराते महासंघको निर्वाचन तीन महिनाभित्र गर्न निर्देशन दिएको छ ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका महर्जन राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष, अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् ।

महर्जन कराते खेलाडीहरूका बीच लोकप्रिय युवा हुन् । कराते खेल र खेलाडीको विकासका लागि महर्जनले धेरै सुधारका कामहरू गर्दै आएका छन् ।

महर्जन आफै पनि साफ गेममा गोल्ड मेडल जितेका खेलाडी हुन् । राष्ट्रियस्तरका पनि थुप्रै मोडल र सम्मानहरू महर्जनले पाएका छन् ।

खेलकुद क्षेत्रको विकास, खेलाडी–खेलाडीबीचको तिक्तता एवम् विवाद हटाउन, करातेमा मौलाएको मेनपावर धन्दा अन्त्य गर्न र कराते महासंघभित्र मौलाएको विकृति, विसङ्गतिलाई जरैदेखि फाल्न पार्न आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको महर्जनले बताएका छन् ।

महर्जनले राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षमा रहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई सम्मान गर्दै खेलाडी प्रोत्साहनका विभिन्न कार्यक्रम अघि सारेका थिए ।

नेपाली कांग्रेसका युवा नेताका रुपमा परिचित महर्जनलाई कांग्रेस निकट मात्र नभई अन्य पार्टीमा आबद्ध खेलाडीहरूले पनि रूचाउने गर्छन् ।

महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा करातेका विभिन्न प्रतियोगिताहरू आयोजना गरी खेलकुद क्षेत्रको विकासलाई मद्दत पु¥याउन ठूलो भूमिका निर्वाह गरेका छन् ।

केही महिनाअघि कांग्रेस नेता स्व. गणेशमान सिंहको स्मृतिमा अहिलेसम्मकै ठूलो धनराशिको किक बक्सिङ प्रतियोगिता ललितपुरमा महर्जनकै संयोजकत्वमा सम्पन्न भएको थियो ।

महर्जनको उम्मेरदवारी घोषणासंगै कराते खेलकुद क्षेत्रमा सनसनी फैलिएको छ । महर्जनले अध्यक्ष पदमा उम्मेदवारी घोषणाले खेलाडीहरू उत्साहित भएको जनाइएको छ ।

Published : Friday, 2019 March 22, 12:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया