राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट तेक्वान्दोका खेलाडी छानौट

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट तेक्वान्दो खेलाडी छनोट भएका छन् । ग्योरोगीतर्फ समान ८–८ पुरुष/महिला गरी १६ खेलाडी छनोट भए । पुम्सेमा समान ३–३ पुरुष/महिलासहित ६ खेलाडी छानिए ।

ग्योरोगीको पुरुषतर्फ पर्साबाट ५४ केजीमा शोएब अख्तर र ६३ केजीमा जैकी यादव, बाराबाट ५८ केजीमा वर्षात लामा, ६८ केजीमा दिनेश मण्डल, ८० केजीमा पवनकुमार श्रेष्ठ, ८७ केजीमा अमितकुमार सिंह र ८७ केजीमाथि शंकर यादव तथा ७४ केजीमाथि रौतहतका रमेन्द्र साह रहेका छन् ।

सो स्पर्धाको महिलातर्फ बाराबाट ४६ केजीमा मनीषा वाइबा, ६७ केजीमा लीला श्रेष्ठ, ७३ केजीमा अस्मिता रिजाल र ७३ केजीमाथि पार्वती बस्नेत, ४९ केजीमा पर्साकी अमृता तामाङ तथा सर्लाहीबाट ५३ केजीमा अप्सरा पौडेल, ५७ केजीमा मनीषा मगर र ६२ केजीमा सलिना श्रेष्ठ छन् ।

पुरुष पुम्सेमा सिरहाका संगम लामा, रौतहटका सागर थिङ र बाराका प्रवीण परियार छन् । त्यसै स्पर्धाको महिलामा बाराका आयुषा खातुन तथा वन्दना कुमर र सर्लाहीकी पुनम देवकोटा छनोट भए ।

पौडी छनोट पूरा

आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट सहभागी हुने पौडी खेलाडीको टुंगो लागेको छ । १२ पुरुष र ८ महिला गरी २० खेलाडी छनोट भएको पौडी मुख्य प्रशिक्षक शंकर कार्कीले जनाएका छन् ।

पुरुषमा काठमाडौंका निर्भय थापा, जयन्तप्रकाश गुरुङ, राहुल दर्शन, अदिकान्सबहादुर श्रेष्ठ र स्पन्दन शाक्य, ललितपुरका सेरेन सिंह, मोहित शाक्य, इर्भिन श्रेष्ठ, संरक्षण थापा र विवेक महर्जन, दोलखाका रितेश खड्का तथा नुवाकोटका मनोज बखती छनोट भए ।

महिलामा काठमाडौंका लुमना शाक्य, राभ्या श्रेष्ठ, अनु सियाना पन्त, शिलादेवी गुरुङ र आयुक्ति थापा तथा ललितपुरका रोसा न्यौपाने, शिक्षा श्रेष्ठ र जरिया महर्जन छानिए ।

Published : Wednesday, 2019 March 20, 7:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया