गगन–भुपेन्द्रहरूको ‘दोस्ती’ले कांग्रेसका युवामा जोश भर्दै

काठमाडौं । कम्युनिस्टहरूको दुई तिहाइको दम्भका कारण मुलुकमा लोकतन्त्र र संविधान संकटमा परेको भनेर गुनासाहरू आइरहेका बेला नेपाली कांग्रेसका युवा नेताहरू नजिकने प्रयासमा छन् ।

कांग्रेसभित्र विभिन्न गुट र समूहमा आवद्ध रहे पनि युवा नेताहरू लोकतन्त्र र संविधानको रक्षाका लागि एकताबद्ध देखिन थालेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगनकुमार थापाल, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही पछिल्लो समय जिल्लाका कार्यक्रमहरूमा बाक्लै देखिन थालेका छन् ।

केही दिन अगाडि पनि थापा र शाही अर्घाखाँची जिल्लाको कार्यक्रममा सँगै देखिएका थिए । उनीहरूबीच कांग्रेसभित्रको गुटको कुरा गर्ने हो भने फरक समूहका हुन् ।

तर, थापा र शाहीले कांग्रेसको संगठनका लागि जनतामा मिलेको सन्देश दिनुपर्छ भन्ने भावना आमसभा र कार्यक्रमहरूमा देखाउने गरेका छन् ।

यसले पनि कांग्रेसका गाउँका कार्यकर्तामा नयाँ उर्जा थपेको विश्लेषण हुन थालेको छ । कम्युनिस्टहरूको दब्दबाका कारण निरास र हैरान बनेका कार्यकर्ताहरूलाई कांग्रेसका युवा नेताहरूले उर्जा दिएमो धेरैले खुसी व्यक्त गरेका छन् ।

थापा र शाहीको यो कार्यको अर्घाखाँचीका कांग्रेसका नेता तथा कार्यकर्ताहरूले प्रशंसा गरेका छन् । अर्घाखाँची मात्रै होइन देशभरिका युवाहरूमा पनि नयाँ खालको जोश र जाँगर थपिदिएको छ ।

गुटको कुरा गर्ने हो भने नेपाल तरुण दलका महासचिव शाही नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका मान्छिन् ।

युवा नेता थापा कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला निकटका हुन् । तर, उनीहरूले सार्वजनिक कार्यक्रमहरूको गुटको भनक लाग्न दिएका छैनन् ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा पनि थापा र शाहीले कांग्रेसलाई मजबुत बनाएर कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध लड्ने बेला आएको बताएका थिए ।

यसैबीच, युवा नेताद्वय थापा र शाहीसहितका नेताहरू सिन्धुली जिल्ला जाँदै छन् । सिन्धुली जिल्लामा चैत ८ र ९ गते कांग्रेसको कार्यक्रम हुँदै छ । ती कार्यक्रमहरूमा उनीहरू सहभागी हुनेछन् ।

कांग्रेसभित्र शीर्ष नेताहरू विभिन्न विषयमा मतभेद निकालेर नेता तथा कार्यकर्ताहरूलाई निराश बनाइरहेका बेला थापा र शाहीले जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई सकारात्मक सन्देश दिने प्रयास गरेका छन् ।

थापा र शाहीको यो सन्देशले कम्युनिस्टहरूलाई झट्का दिएको छ ।

कांग्रेसका युवा नेताहरू सार्वजनिक कार्यक्रमहरूमा मिल्ने पार्टीभित्र गोप्य कोठामा आ–आफ्ना धारणा र फरक मत राख्दा राम्रो हुने धेरैका सुझाव छ ।

Published : Tuesday, 2019 March 19, 4:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया