अमेरिकामा प्रचण्डविरुद्ध युद्ध अपराधको उजुरी दर्ता, बढ्यो खतरा

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध युद्ध अपराधको उजुरी परेको छ ।

अमेरिकाको केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले प्रचण्डविरुद्ध बाल्टीमोरस्थित संघीय व्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै उजुरी हालेका हुन् ।

माओवादी द्वन्द्वका बेला प्रचण्डका कारण १७ हजार नेपाली नागरिकहरूको ज्यान गएको भन्दै विरोध हुँदै आएको छ ।

कथित जनयुद्धका बेला माओवादीले मानव अधिकार हनन् गरेको आरोप छ ।

तिलक श्रेष्ठको उजुरीका आधारमा त्यहाँको निकायले प्रचण्डलाई कारबाही गर्छ वा गर्दैन केही बताइएको छैन । यद्यपि, प्रचण्डको अमेरिका भ्रमण विवादत रहित भने हुन सकेन ।

प्रचण्डविरुद्ध अमेरिकाका विभिन्न स्थानमा नेपालीहरूले प्रदर्शन गरेको समाचारहरू पनि आएका छन् ।

प्रचण्ड हाल पत्नी सीताको उपचारका लागि अमेरिकामा छन् । प्रचण्डसँगै उनकी कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि साथमा गएका छन् ।

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर अमेरिका हान्निएका प्रचण्डविरुद्ध युद्ध अपराधको उजुरी परेपछि पूर्वमाओवादी पृष्ठभूमि भएकाहरू चिन्तित बनेका छन् ।

Published : Tuesday, 2019 March 19, 1:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया