कांग्रेसको सर्वसम्मत निर्णयले दियो सकारात्मक सन्देश, बन्यो अनुशासन समिति

काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मतिबाट केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।

ललितपुरको सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय सदस्य भीष्मराज आङदम्वेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

शीर्ष नेताहरूबीच विवाद भइरहेका बेला सर्वसम्मत निर्णय गरेर नेपाली कांग्रेसले देशभरिका नेता तथा कार्यकर्ताहरूको मनोबल उच्च बनाइको छ । मंगलबार बस्ने कांग्रेको बैठकले अर्को सकारात्मक र सर्वसम्मत निर्णय गर्नेछ छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सोमबारको बैठकले समितिमा दुई जना सदस्यहरूको टुंगो लगाएको छ । बाँकी दुई सदस्य मंगलबार बस्ने बैठकले पूर्णता दिनेछ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार देहाय बमोजिमको केन्द्रीय अनुशासन समिति सर्वसम्मतिले गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

समितिको संयोजकमा भीष्मराज आङ्दम्वे तथा सदस्यहरूमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल नियुक्त भएका छन् ।

बाँकी सदस्य सम्भवत मंगलबारको बैठकले टुंगो लगाउने जनाइएको छ । अनुशासन समितिले सहमतिबाट आफ्ना निर्णयहरू गर्नेछ ।

स्रोतका अनुसार अनुशासन समितिमा रहने सदस्यहरूमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहमा सहमति हुन नसकेपछि सोमबारको बैठकमा टुंगा लाग्न नसकेको हो ।

पौडेल समूहबाट रामकृष्ण यादव, नवीन्द्रराज जोशी, धनजार गुरुङ, किरण यादव तथा सिटौला समूहबाट शिव हुमागाइँको नाम आएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, अजयकुमार चौरिसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पुनः पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

Published : Monday, 2019 March 18, 9:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया