कांग्रेसले सोध्यो, ‘प्रचण्डलाई ज्यान मार्ने धम्की आए कै हो ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रचण्डलाई ज्यान मार्ने धम्की दिएको हो वा होइन संसदलाई जानकारी दिनुपर्ने माग गरेका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै अधिकारीले प्रधानमन्त्री खड्गप्रसाद ओलीले विप्लवको नेकपालाई लुटेराको समूह भनेर दिएको अभिव्यक्तिको विरोध गरे ।

‘विप्लवको नेकपा लुटोरा समूह नै हो ?’, उनले भने, ‘भविष्यमा यो समूहसँग वार्ता गर्नु पर्दैन ? वार्ता गर्ने हो भने समयमा बिचार गर्नु आवश्यक छ ।’

विप्लव समूहले ज्यान मार्ने धम्की दियो भन्दैमा नेकपालाई प्रतिबन्ध लगाएर द्वन्द्व सिर्जनागर्न खोजेको सांसद अधिकारीले बताए ।

विप्लवलाई पनि सांसद अधिकारीले चन्दा आतंक र हिंसा हत्याको राजनीति परित्याग गर्न सुझाव दिए ।

‘लगानी बोर्डको बैठक आउँदै छ’, उनले भने, ‘विप्लवलाई प्रतिबन्ध लगाएर के गर्न खोजिएको हो ? कम्युनिस्ट सरकारले खेलवाड गरेको छ ।’ कांग्रेसका सांसद अधिकारीले विप्लव र सरकारलाई संयम भएर काम गर्न सल्लाह दिए ।

Published : Monday, 2019 March 18, 1:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया