कांग्रेसको हित विपरीत कुनै पनि नेताले जथाभावी नबोलौँः धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य धनराज गुरुङले देशमा कांग्रेसको उपस्थिती कमजोर बन्दै गएको गुनासो गरेका छन् ।

‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले सरकारले गरेका विवादास्पद निर्णयका विषयमा कांग्रेसले तत्काल धारणा बनाएर सार्वजनिक गर्नुपर्नेमा त्यसो गर्न नसकेको बताए ।

‘यदी म कांग्रेसको केन्द्रीय सभापति भएको भए सीके राउतसँग सहमति भएको एक घण्टा वित्न नपाउँदै बैठक बोलाएर बुँदागत रुपमा छलफल गरेर धारणा सार्वजनिक गर्थें’, गुरुङले भनेका छन् ।

कुनै पनि नेताले सार्वजनिक कार्यक्रममा बोलेका कुरा कांग्रेसको आधिकारिक धारणा हुन नसक्ने उनले स्पष्ट पारे ।

कांग्रेसका नेताहरूले अध्ययन नै नगरी जथाभावी बोलने गरेको नेता गुरुङको आरोप छ ।

कांग्रेसको केन्द्रीय कार्यसमिले गर्ने निर्णय नै आधिकारिक हुने बताएका नेता गुरुङले भने, ‘राष्ट्रिय हित र मुद्धामा अध्ययन गरेर बोल्नुपर्छ । गम्भीर विषयमा कांग्रेसले हल्का रुपमा टिप्पणी गर्नु हुँदैन ।’

बिखण्डनकारी सीके राउतसँग भएको सहमतिको उनले विरोध गरे । उनले भने, ‘देश टुक्र्याउछु भन्ने तत्वलाई केपी ओलीको सरकारले बैधानिकता दिएका छन् ।’

सम्झौता भएको दिनमा तराई मधेसमा फ्रिमधेसको नारा लागेको भन्दै कम्युनिस्टहरूमाथि विश्वा गर्न नसकिने नेता गुरुङले बताए ।

नेता गुरुङले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई गलत सल्लाह दिने व्यक्तिहरूका कारण कांग्रेसलाई समस्या भएको बताए ।

Published : Monday, 2019 March 18, 1:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया