राजधानीमा भूकम्पको धक्का, तर्सिए मकवानपुरका जनता

काठमाडौं, ४ चैत । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ ।

मकवानपुर जिल्ला केन्द्र विन्दु भएको भूकम्प सोमबार बिहान करीव ९ बजेर १ मिटनमा गएको हो ।

४ दशमल १ म्याग्नेच्युट रहेको भूकम्पको धक्काले राजधानी उपत्यकामा राम्रै झट्का दिएको थियो ।

भूकम्पले आफ्नो केन्द्र विन्दु चित्लाङको मसरुम रिसोर्ट नजिकै बनाएको थियो ।

भूकम्पको धक्काले राजधानीका साथै मकवानपुरका जनता तर्सिएका छन् ।

Published : Monday, 2019 March 18, 9:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया