आठौं उपत्यकाव्यापी गोजु–काइ करातेमा कडा प्रतिस्पर्धा

काठमाडौं । हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले आयोजना गरेको आठौं नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता २०७५ शुरु भएको छ ।

गोजु–काइ कराते प्रतियोगिताको यस श्रृंखला अन्तर्गत उपत्यकाका ३० वटा विद्यालय तथा डोजोका खेलाडीहरूले १९ स्वर्ण, १९ रजत तथा ३८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्दै छन् ।

उक्त प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ केजी तथा खुल्ला एवम् महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५ र ५० केजी तथा खुल्ला समुहमा गरी २०० जना भन्दा बढी खेलाडीहरू सहभागी भएका छन् ।

फागुन २४ र २५ गते दुई दिन सञ्चालन हुने प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी एवं बृ्ढानीकण्ठ नगरपालिकाका नगर प्रमुख उद्वव प्रसाद खरेल तथा कार्यक्रमका सभापति एवं नेपाल गोजु—काइ कराते महासंघका अध्यक्ष अशुराज श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रतियोगिताको पहिलो दिन सम्पन्न स्पर्धाहरुमा जित हात पार्दै २० के.जी ब्वाइजतर्फ नेसनल युनाइटेड स्कुलका रिकोन राई तथा लुम्बिनी एकेडेमीका कृष्ण नेपाल खत्री फाइनल प्रवेश गर्न सफल भए भने अन्य स्पर्धाका बाँकी खेलहरु २५ गते शनिबार सुचारु रहनेछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खरेलले कराते खेलको महत्वमाथी प्रकाश पारे । खेलकुदको विकासको लागि हरेक विद्यालयले कम्तिमा एक खेललाई अघि बढाउनु पर्ने धारणा राखे ।

नेसनल युनाइटेड स्कुलले गोजु—काइ करातेलाई ब्रान्डिङ गरी राष्ट्रको खेलकुद विकासमा टेवा पुर्‍याएकोले धन्यवाद सहित आगामी दिनको लागि शुभकामना प्रदान गरे ।

नेपाल गोजु—काइ कराते महासंघका उपाध्यक्ष एव नेसनल युनाइटेड स्कुलका संस्थापक जेबी हमालले शिक्षा र खेलकुदलाई संगसंगै अघि बढाउनुपर्ने कुरामा जोड दिए । गोजु—काइ कराते संघ र नेसनल युनाइटेड स्कुलले आगामी दिनमा यस्ता खालका प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी उत्पादन गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए ।

कार्यक्रमलाई नेपाल गोजु—काइ करात महासंघका उपाध्यक्ष अच्युतराज उप्रेती, प्याब्सन बृ्ढानीलण्ठ नगरकमिटीका अध्यक्ष खेमराज घिमिरे लगाएतले सम्बोधन गरेका थिए । नेसनल युनाइटेड स्कुलले शिक्षा तथा खेलकुदका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।

प्रतियोगिताको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसहित २५ गते शनिबार दिनको २ बजे समापन गरिने आयोजकले जनाएको छ ।

Published : Friday, 2019 March 8, 7:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया