बक्सिङमा दाङका ओलीले गरे कमाल, प्रदेश ५, ६ र ७ का खेलाडी छनौट

काठमाडौं । बुधबार भएको प्रदेश नं. ७ को फाईनल खेलहरूमध्ये पुरुष ४९ केजी तौल समुहमा कंचनपुरका भानु विष्टले अछामका राजन केसीलाई अंकको आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन ।

पुरुष ६ ५केजी मा कञ्चनपुरका महेन्द्र चन्दले कैलालीका आशिष विष्टलाई हराउँदै आठौं राष्ट्रिय खेलकुदको लागि छनौट हुनु भएको छ । पुरुष ६० केजी तौल समुहमा बाँकेका ईन्द्र सुनुवारले पूर्वी रुकुमका निसम घर्तीलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन । पुरुष ६४ केजी तौल समुहमा बाँकेका विशाल ऐरीले रुपन्देहीका यादव थापालाई पराजित गदै छनौट चरण पार गर्न सफल भएका छन्

मंगलबार सम्पन्न भएका ंप्रदेश नं. ७ को फाईनल खेलहरूमध्ये पुरुष ५२ केजी तौल समुहमा कंचनपुरका उत्तम चन्दले कैलालीका सागर मल्ललाई अंकको आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरे ।

पुरुष ६४ केजीमा बाजुराका हिमाल खडकाले कैलालीका विक्रम चौधरीलाई हराउँदै प्रथम स्थान हासिल गरे पुरुष ७५ केजी तौल समूहमा कंचनपुरका सुरेश सिंहले डडेल्धुराका वीरेन्द्रबहादुर शाहीलाई अंकाको आधामा हराउँदै प्रथम स्थान हासिल गरे ।

८१ केजी तौल समूहमा बाजुराका हिक्मतबहादुर सिंहले कञ्चनपुरका मायाप्रकाश पन्तलाई पराजित गरे । ९१ केजी तौल समुहमा बझाङ्गका दीपेन्द्रकुर भण्डारीले कञ्चनपुरका निरन्जन ऐरलाई पराजित गरे ।

सुपर हेभी वैट ९१ प्लस तौल समूहमा कैलालीका सुर ओझाले कञ्चनपुरका जगदीश ऐरीलाई पराजित गदै प्रथम स्थान हासिल गरेका छन ।

प्रदेश ७ कै महिलातर्फ कैलालीकी ज्योति चौधरीले कञ्चनपुरकी प्रतिभा शाहीलाई पराजित गर्दै प्रथम स्थान हासिल गरिन् । महिला ५१ केजी तौल समूहमा कैलालीकी सुष्मा तामाङ्गले कञ्चनपुरकी रेखा चन्दलाई पराजित गरिन ।

महिला ५४ केजी तौल समूहमा कञ्चनपुरकी हरिना ऐरले कैलालीकी दीव्या मित्रलाई पराजित गर्दै प्रथम स्थान हासिल गरिन । महिला ५७ केजी तौल समूहमा कैलालीकी संगीता चौधरीले कंचनपुरकी निर्मला केसीलाई पराजित गर्दै प्रथम स्थान हासिल गरिन ।

प्रदेश ५ अन्तर्गत पुरुष ४९ केजी तौल समूहमा दाङ्गका सुरज वलीले रुपन्देहीका मोहन भाटलाई हराउँदै प्रथम स्थान हासिल गरे ।

पुरुष ५२ केजी तौल समूहमा रोल्पाकाका समिर चौधरीले गुल्मीका दीपक घर्तीलाई अंकको आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरे ।

पुरुष ५६ केजी तौल समूहमा बाँकेका नवीन घर्तीले दाङ्गका चन्द्रज्योति थापालाई हराउँदै प्रथम स्थान हासिल गरेका छन ।

पुरुष ६९ केजी तौल समूहमा बाँकेका यमराज चौलागाइँले दाङ्गका विकास रानालाई पराजित गरे । पुरुष ७५ केजी तौल समूहमा दाङ्गका गणेश विकले गुल्मीका निमप्रसाद राहदीलाई पराजित गरे । बाँकी रहेका फाईनल खेलहरु बिहीबार सञ्चालन हुनेछन ।

Published : Wednesday, 2019 March 6, 9:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया