प्रदेश ५ बाट दाङ्गका ओलीले पाल्पाका आलेलाई हराए

काठमाडौं । आठौ राष्ट्रिय खेलकुदको प्रदेशिक छनौट अन्र्तगत प्रदेश ७ को बक्सिङ छनोटमा उत्तम चन्द र सागर मल्लले फाईनल भिडन्त पक्का गरेका छन् ।

सोमवार भएको पुरुष ५२ केजी तौल समूहको सेमिफाईनल खेलमा कन्चनपुरका उत्तमले बाजुराका बिक्रम नेपाललाई तथा कैलालीका सागरले बझाङका धनवहादुर लाई हराउदै फाईनलमा स्थान बनाएका थिए ।

पुरुष ४९ केजी तौलसमुहमा कञ्चनपुरका भानु विष्टले बझाङ्गका भानु नाथलाई पराजित गदै फाईनलमा स्थान बनाए । सोही तौल समुहमा अछामका राजन केसीले कैलालीका कृष्ण भट्टराईलाई पराजित गर्दै फाईनलमा बिष्टसग भेट पक्का गरेका छन् ।

पुरुष ५६ केजी तौल समूहमा कन्चनपुरका महेन्द्र चन्द र कैलालीका आशिष बिष्ट फाईनलमा प्रवेश गरेका छन् । महेन्द्रले अछामका भूपेन्द्र भण्डारीलाई पहिलो राउण्डमै नक आउट गर्दा आशिषले बाजुराका देवराज जोशीलाई अंकका आधारमा पराजित गरे ।

पुरुष ६० केजीमा कन्चपुरका रामवहादुर थापाले फाईनलको यात्रा तय गरेका छन् । उनले अछामका झनक वि.क.ललाई अंकका अधारमा हराए ।

पुरुष ६४ केजीमा बाजुराका हिमाल खड्का र कैलालीका बिक्रम चौधरीले उपाधि भिडन्त पक्का गरेका छन् । हिमालले कञ्चनपुरका जितेन्द्र चन्दलाई र विक्रमले डडेल्धुराका नरेश बुढालाई अंकका आधारमा पराजित गरे ।

पुरुष ६९ केजीमा कैलालीका सम्राट चौधरी र कन्चनपपुरका बसन्तवहादुर बिक फाईनल प्रवेश गरेका छन् । सम्राटले बाजुराका कपिल नाथलाई र बसन्तले अछामका प्रकाश वि.क.लाई अंककै अधारमा पराजित गरेका ह्ुन् ।

महिला ४८ केजी तौल समुहमा बाजुराकी कल्पना रावलले कञ्चनपुरकी प्रतिमा शाहीलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेकी छन् ।

प्रदेश नं. ५ अन्तर्गत पुरुष ४९ केजीको सेमिफाईनलमा दाङ्गका सुजवलीले पाल्पाका दिल ब. आलेलाई आरएससीको आधारमा पराजित गरे भने सोही तौल समुहमा रुपन्देहीका मोहन नाथले गुल्मीका कुमार बुढामगरलाई अंकको आधारमा पराजित गर्दै फाईनलमा सुरजसंग भेट पक्का गरेका छन् ।

पुरुष ५२ केजी तौल समुहमा रोल्पाका समिर चौधरीले रुपन्दहीका प्रकाश गैरेलाई र गुल्मीका दिपक घर्तिले दाङ्गका प्रशान्त झक्रीमगलाई हराउदै फाईनलको यात्रा तय गरेका छन् ।

५६ केजी तौल समुहमा बाँकेका नविन घर्तिले पाल्पाका अमर ब. थापालाई र दाङ्गका चन्द्रज्योती थापाले रोल्पाका राम प्रसाद पुनमगरलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् ।

६० केजीमा बाँकेका इन्द्र सुनारले रोल्पाका होमराज घर्तिलाई र रुकुमका निशम घर्तिले रोल्पाका थमनसिंह गाहालाई पराजित गर्दै फाईनलमा प्रवेश गरे ।

६४ केजी तौल समुह अन्तर्गत बाँकेका विशाल रेग्मीले पुर्वी रुकुमका निर्मल थापामगरलाई पराजित गरे भने सोही तौल समुहमा रुपन्देहीका यादव थापाले पाल्पाका पिताम्बर सिंजालीलाई पराजित गरे ।

पुरुष ६९ केजी तौल समुहमा बाँकेका यमराज चौलागाईले रोल्पाका विपिन रोक्कामगरलाई पराजित गर्दा सोही तौल समुहमा दाङ्गका विकास रानाले रुपन्देहीका चन्द रानालाई पराजित गदै फाईनल भिडन्त पक्का गरेका छन् ।

प्रदेश नं. ५ को महिला ४८ केजी तौल समुहमा दाङ्गकी जानकी थापाले पुर्वी रुकुमकी शुशीला थापालाई पराजित गर्दै फाईनलमा प्रवेश गरेकी छिन् ।

तीनवटा प्रदेशका १०४ जना महिला तथा पुरुष खेलाडीहरुबीच हुने छनौटको प्रदेश ७ का उद्योग बन तथा पर्यटन राज्य मन्त्री प्रकाश रावलले उदघाटन गरेका थियो ।

Published : Monday, 2019 March 4, 7:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया